मोटोपन शरीर भद्धासँगै रोगको जोखिम उच्च
नेपालबहस संवाददाता
फागुन ९, २०७७ आइतबार २१:४९:६
९ फागुन, काठमाडौं । हरेक मानिस आफूलाई सुन्दर र फिट बन्न चाहान्छन्, तर मोटोपनका कारण मानिस चिन्तित देखिएका पनि छन् । जसरी हरेक व्यक्तिको शारीरिक बनौट फरक हुन्छ, उसैगरी मोटोपन पनि एकनास हुँदैन । जुनसुकै कारण होस्, मोटोपनलाई त्यती राम्रो मानिदैन । यसले शरीर भद्दा देखाउने मात्र नभई अनेक रोगको जोखिम पनि बढाइदिन्छ ।
मोटोपनका सात किसिम
खराब बोसो
बोसो तीन प्रकारको हुन्छ, सेचुरेटेड, पोलीसेचुरेटेड र मोनो अनसेचुरेटेड । अनसेचुरेटेड फ्याट शरीरको लागि राम्रो हुन्छ । यसलाई ‘गुड फ्याट’ भनिन्छ । जबकी सेचुरेटेड फ्याट स्वास्थ्यका लागि राम्रो मानिदैन । त्यती मात्र होइन, मोटोपन, टाइप २ डाइबिटिज, मुटुरोग, उच्च रक्तचाप, क्यान्सर गराउन पनि यही नै कारक हुनसक्छ ।
सेतो बोसो
रिसर्च अनुसार सेतो बोसो पेट, हिप्स र जाँघमा जम्मा हुन्छ । सेतो बोसो अर्थात गुड फ्याट शरीरका लागि हानिकारक हुँदैन । रिसर्चले के देखाएको छ भने यसले कुनैपनि रोगको खतरा कम गर्छ । यद्यपि यसको पनि मात्रा धेरै भएमा हानिकारक हुनसक्छ । स्वस्थ शरीरकालागि गुड फ्याटको स्तर फिटनेस र शारीरिक गतिविधिमा निर्भर गर्छ ।
खैरो बोसो
खैरो बोसो स्नायु प्रणाली, मेरुदण्ड, गला र मिर्गौलाको आसपास हुन्छ । यो वयस्कको तुलनामा बालबच्चामा बढी हुन्छ । यसले नै शरीरलाई न्यानो बनाइराख्छ । किनभने यसले शरीरलाई न्यानो बनाइराख्नका लागि फ्याट्टी एसिड बर्न गरिराख्छ । रिसर्च अनुसार खैरो बोसोले धेरै उर्जा खर्च गर्छ, जो मोटोपन क मगर्नका लागि जरुरी हुन्छ । सेतो र खैरो बोसो शरीरको हरेक हिस्सामा सूचना पठाउनका लागि समेत मद्दत गर्छ, जसले गर्दा तपाईं सक्रिय रहनुहुन्छ ।
मिश्रित बोसो
भेज वा ब्राइट फ्याटले ब्राउन र ह्वाइट फ्याट कोशिकाको बीचमा काम गर्छ । यसले ब्राउन फ्याटका लागि भेज कोशिका बर्न गर्छ ।
जरुरी फ्याट
स्वस्थ रहनका लागि शरीरमा फ्याट जरुरी छ, जसले दिमाग, नसाको माथि पातलो झिल्लीको रुपमा काम गर्छ । यसका साथै हर्मोन नियन्त्रणकाका लागि पनि बोसोको अहंम भूमिका हुन्छ ।
भिसरल फ्याट
सबैभन्दा खरतनाक भिसरल फ्याट आन्द्रामा जम्मा हुन्छ र यसले रोगहरु निम्त्याउँछ । यसलाई बेली फ्याट पनि भनिन्छ । सामान्यत आन्द्रा, कलेजो, मिर्गौला र मुटुमा यो जम्मा हुन्छ । बिसरल फ्याटको सबैभन्दा ठूलो कारण भनेको क्यालोरी खानेकुरा लिनु नै हो ।
कसरी कम गर्ने ?
बिसरल फ्याट कम गर्ने सबैभन्दा राम्रो उपाय हो, तपाईंले स्वस्थकर खानेकुरा खानु जरुरी छ । कार्ब्सको सेवन सकेसम्म कम गर्नुहोस् । यसका साथै एरोबिक, योग वा व्यायामलाई आफ्नो दैनिकीको हिस्सा बनाउनुपर्छ । किटो डाइट पनि भिसरल फ्याट घटाउनका लागि सबैभन्दा महत्वपूर्ण हुन्छ । खासगरी किटो डाइटले कार्ब्सबाट फ्याट विस्थापित गर्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘लू’बाट बच्न सर्वसाधारणलाई मन्त्रालयको आग्रह
बैशाख १२, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयको अनुरोध : स्वास्थ्य बीमाबारे भ्रामक सूचनाको भर नपर्नु
बैशाख ७, २०८१ शुक्रबार
‘कलेजो स्वास्थ्य राख्न खानपिन र रहनसहनमा ध्यान दिन जरुरी’
बैशाख ७, २०८१ शुक्रबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
बैशाख १३, २०८१ बिहिबार
आजको मौसम : यी ठाउँमा हुरीबताससहित वर्षाको सम्भावना
बैशाख १३, २०८१ बिहिबार
दिल्लीले चार रनले हरायो गुजरातलाई
बैशाख १३, २०८१ बिहिबार
यस्तो छ तपाइको आजको राशिफल
बैशाख १३, २०८१ बिहिबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार