सङ्घ, प्रदेश र स्थानीय तह समन्वय ऐनमाथि छलफल गर्दै कर्णाली प्रदेश
नेपालबहस संवाददाता
फागुन ९, २०७७ आइतबार २२:७:५२
९ फागुन,सुर्खेत । कर्णाली प्रदेशमा ‘सङ्घ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७’ माथि छलफल भएको छ । राष्ट्रियसभा विधायन समितिको अगुवाइ तथा नेपाल कानून समाजको संयोजनमा आज कर्णाली प्रदेशस्तरीय तीनै सरकारको ‘समन्वय र अन्तरसम्बन्ध’ ऐनका विषयमा भर्चुअल संवाद भएको हो ।
कार्यक्रममा कानून विज्ञ माधव पौडेलले नेपालको संविधानको धारा २३५ को ९१० बमोजिम तीन तहका सरकारको ‘समन्वय र अन्तरसम्बन्ध’ को कानून निर्माणमा सरकार, संसद्, नागरिक समाज र सरोकारवालाको सहकार्यको दृष्टान्तबारे प्रस्तुति गरेका थिए ।
राष्ट्रियसभा सदस्य ठगेन्द्रप्रकाश पुरीले ‘सङ्घ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७’ विभिन्न प्रदेशको महत्वपूर्ण सबै पक्षको सहभागितामा बनाइएको बताएका छन् । सीमित स्रोतसाधनका बीचबाट बनेको यो कानून गत १३ साउन २०७७ मा लागू भएको तर नियमावली बन्ने क्रममा रहेको सदस्य उनको भनाइ थियो ।
नागरिक समाजका अगुवा पीताम्बर ढकालले तीनै तहको ‘समन्वय र अन्तरसम्बन्ध’ ऐन निर्माण भए पनि प्रदेश सरकारलाई कमजोर बनाइएको धारणा राखे । गाउँपालिका महासङ्घका कर्णाली प्रदेश अध्यक्ष कविन्द्र केसीले साझा सूचीका अधिकारलाई अझ बढी स्पष्ट बनाइनुपर्नेमा जोड दिएका छन् ।
तत्कालीन संविधानसभा सदस्य वरिष्ठ अधिवक्ता खिमलाल देवकोटाले संसभित्र र बाहिर नागरिक समाज, सरोकारवालाको व्यापक सहभागिताबाट बनाइएकाले तीनै सरकारको ‘समन्वय र अन्तरसम्बन्ध’ ऐन समृद्ध बनेको दाबी गरेका छन् । कार्यक्रमका सहभागीले कागज बन्ने कानून जनतालाई प्रत्याभूत गराउन व्यावहारिक र प्रभावकारी कार्यान्वयनका संयन्त्र निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहुम्लामा आयो २३ सय ४० क्विन्टल पोषणयुक्त चामल
चैत १५, २०८० बिहिबार
कर्णालीमा थपिए क्षयरोगका नौ सय बिरामी
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
आइतबारबाट विशेष अदालतमा अनलाइनबाटै मुद्दाको सुनुवाइ हुने
चैत १६, २०८० शुक्रबार
आयरल्याण्ड वुल्भ्सले नेपाललाई दियो २२३ रनको लक्ष्य
चैत १६, २०८० शुक्रबार
छिल्लीकोटबासीको मुख्य आम्दानीको स्रोत माडागेडी
चैत १६, २०८० शुक्रबार
लागुऔषध कोकिनको कारोबारमा संलग्न दुईजना पक्राउ
चैत १६, २०८० शुक्रबार
कपनबाट पेस्तोलसहित एकजना पक्राउ
चैत १६, २०८० शुक्रबार