
मिना कंडेल
९ फागुन, नवलपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले संसद पुर्नस्थापनाको आन्दोलन, संसदीय निर्वाचन र पार्टीको महाधिवेशन एकै साथ अघि बढाउनु पर्ने दायित्व काग्रेसमा आएको बताएका छन् ।
वर्तमान केपी सरकारको सर्वसत्तावादका बिरुद्ध नेपाली कांग्रेस संसद पुर्नस्थापनको पक्षमा सडकमा आन्दोलनमा रहेको बताउँदै सडकबाट संसद पुर्नस्थापना भन्दा पनि सर्वाेच्च अदालतको फैसलाले नै संसद पुर्नबहाली हुने थापाले बताए ।
नेपाली कांग्रेस नवलपुरका कार्यकर्ताहरुलाई आज पार्टी कार्यालयमा सम्बोधन गर्दै नेपाली कांग्रेसका युवा नेता तथा केन्द्रीय सदस्य थापाले सो कुरा बताएका हुन् । युवा नेता थापाले मुलुक यतिबेला संकटमा परेको बताउँदै नेपाली कांग्रेस पार्टिले फेरि एक पटक यो संकटको समाधान गर्न नेतृत्व लिनुपर्ने समय आएकोमा जोड दिए ।
पुर्व मन्त्री तथा केन्द्रीय सदस्य थापाले वर्तमान सरकार जनता प्रति उत्तरदायी नभएको, मुलुकलाई गम्भीर संकटको अवस्थामा पुरयाउन उद्दत रहेको र यो गम्भीर अबस्थामा कागे्रसले संयमित भएर देश र जनताको पक्षमा आवाज बुलन्द गर्दै ठोस निर्णय गर्ने समय आएकोमा जोड दिए । उनले नेपाली कांग्रेस हुप्सेकोट र नेपाल तरुण दल देबचुलीको आयोजनामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेसले युवाहरुको बिदेश पलायन रोक्न गम्भीर हुनुपर्ने बताए । जबसम्म युवाहरु विदेसिने क्रम रोकिन्न तबसम्म मुलुक परिवर्तनको संघारमा उभिनै नसक्ने उनले बताए ।
मुलुक यतिबेला जटिल अबस्थामा रहेको बताउँदै कांग्रेसले सोचेर जनताको विश्वास लिदै आगामी निर्बाचनबाट बलियो र जनउत्तरदायी सरकार बनाउनुपर्ने बताए । कांग्रेसले आगामी निर्बाचनमा सजिलै जित्ने बताउँदै कम्युनिष्टहरु फुटेको यो अवस्थामा कांग्रेसले सहज फाईदा लिने पनि बताए ।
कम्युनिष्ट सरकारले युवा पलायनलाई रोक्न नसकेको बताउँदै युवाहरुबाट मात्रै विकास सम्भब हुने भएकाले विदेश पलायन रोक्न सरकार नै गम्भीर नभएको बताए ।
मुलुकमा धेरै ठुला परिवर्तन भए, राणा, राजा, पंचायत ढले गणतन्त्र आयो तर खोई उपलब्धी, खोई विकास ? पुर्व मन्त्रीसमेत रहेका थापाले प्रश्न गर्दै जबसम्म युवाहरुमा चेतना र मुलुकको लागि केही गर्नुपर्दछ भन्ने भावानको विकास हुन्न, तवसम्म परिवर्तन जस्तो सुकै भए पनि त्यसले कुनै अर्थ नराख्ने बताए ।
नेपाली कांग्रेस र कम्युसनिष्टहरु मिलेर ल्याएको गणतन्त्र आज कता हो कता ? किन यस्तो भैरहेको छ ? अब पनि राजनीतिक भन्दा माथि उठेर हामीले परिवर्तनलाई आत्मासाथ गरेर मुलुकमा रोजगारी सिर्जना गर्दैर्नौ, विदेशिएका युवा पलायन रोक्दैनौ तबसम्म हाम्रो मुलुक र हामीले कल्पना गरेको समृद्ध नेपाल साकार हुन नसक्ने उनले बताए ।
उनले दुई तिहाईको सरकार तीन बर्षमा ढल्यो, मुलुक अस्थिरता तर्फ लग्यो यसले प्राप्त गरेको उपलब्धीसमेत गुमेकोले यो सरकार देश र जनताको भन्दा पनि आफनो आसेपासे र भर्ती केन्द्र बनाउन मात्र उद्दत रहेको आरोप लगाए ।
प्रतिक्रिया