बुधबार , फागुण १९, २०७७

मुख्यमन्त्री राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश

मुख्यमन्त्री राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश

९ फागुन, काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री राईविरूद्ध अविश्वासको प्रस्ताव पेश गरेका छन्।

नेपालको संविधानको धारा १८८ ‘४’ तथा प्रदेशसभा नियमावली २०७४ को १२९ ‘१’ बमोजिम मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव पेश भएको हो। राईविरुद्ध प्रचण्ड–माधव समूहले १२ पुसमा अविश्वासको प्रस्ताव दर्ता गरेको थियो।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

आइतबार बैठकअघि मुख्यमन्त्री शेरधन राईले सभामुखलाई पत्र पठाएर अविश्वासको प्रस्तावलाई कार्यसूचीमा नराख्न र बैठक स्थगित गर्ने भनेका थिए। तर सभामुख प्रदीपकुमार भण्डारीले ढिलो गरि भए पनि बैठक राखे र उक्त बैठकमा मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव पेश भयो। अविश्वास प्रस्ताव पेश हुनेवित्तिकै सभामुख भण्डारीले फागुन २० गतेसम्म बैठक स्थगित गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय