आइतबार , फागुण १६, २०७७

महिलालाई अधिकार उपयोग गर्ने मूलढोकामै ताल्चा लगाइएको गुनासो

महिलालाई अधिकार उपयोग गर्ने मूलढोकामै ताल्चा लगाइएको गुनासो

९ फागुन,पोखरा । राज्य प्रणालीबाट अधिकार उपयोग गर्ने मूलढोकामै ताल्चा लगाइएको गुनासो महिला नेतृहरुले गरेका छन् । ओटेफले शनिबार ‘समृद्धि र लैंङ्गिक न्याय’ विषयमा गरेको विचारगोष्ठीमा नेतृहरुले अधिकार प्राप्त गर्ने मूलढोका नै ताल्चा लगाएर महिलालाई आश्रित बनाइएको पीडा पनि पोखेका हुन् ।

नेत्री डा विन्दा पाण्डे आमाका नामबाट नागरिकता दिने विषयमा राज्यबाट भएको विभेदप्रति असन्तोष व्यक्त गर्छिन् । “राज्यका हरेक निकाय शिक्षा, स्वास्थ्य, रोजगार, सामाजिक सुरक्षा हरेक क्षेत्रमा नागरिकता आवश्यक हुन्छ । नागरिकताविना केही हुँदैन तर त्यहीभित्र पस्ने मूल गेटमा ताल्चा लगाइएको छ । अब त्यसभित्रको अधिकार जे भए पनि महिलाले कसरी उपयोग गर्न सक्छन्रु” उनले भनीन् । आमाका नामबाट नागरिकता दिने स्थानमा लैंङ्गिक संवेदनशीलता नबुझ्ने पुरुष मानसिकता मात्रै हावी हुँदा महिलाले पाइलापाइलामा विभेदको सामना गर्नुपरेको धारणा उनको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

“नागरिकता पहिचान गर्ने अधिकार पुरुषमा हुनु र पुरुषको सहयोग लिनुपर्ने प्रावधानले महिलालाई सधैँ आश्रित रुपमा राखिएको छ”, पूर्वसांसद डा पाण्डेले भनीन्, “नागरिकतामा राज्यले विभेद गरेको र पैत्रिक सम्पत्ति, आर्थिक अधिकारमा घरदेखि नै जन्मदिने आमाबुबाबाटै विभेदको सामना गर्नुपरेको छ ।”

पैत्रिक सम्पत्तिमा आफ्नै आमाबुबाले छोराछोरीमा समान सोच राख्न नसकेको जनाउँदै उनले बनेका कानूनका बारेमा पनि पर्याप्त प्रचारप्रसार हुन नसक्दा धेरै महिला आफ्नो अधिकारका बारेमा नै अनभिज्ञ रहेको बताएका छन् । नेत्री विद्या भट्टराई प्रणाली परिवर्तन भए पनि प्रवृत्ति परिवर्तन हुन नसक्दा सामाजिक न्याय स्थापित हुन नसकेको बताउछिन् ।

उनले लोकतन्त्रका धेरै संरचना निर्माण गर्न बाँकी रहेकाले महिलाको एकीकृत शक्तिको खाँचो औंल्याएकी छिन् । निवर्तमान सांसद भट्टराईले भनीन्,“महिला विकासका लागि महिलाको साझा मुद्दा र समस्यामा सङ्गठित र एकीकृत आवाजको आवश्यकता हुन्छ, यसले चुनौतीमा जुध्ने शक्ति प्रदान गर्छ भने कानूनमा लेखिएका कुरालाई कार्यान्वयनमा जान सहयोग पुग्छ ।” नेत्री भट्टराईले महिलाको मर्यादा र सामाजिक मूल्यको व्याख्या यौनसँग जोड्नु नै तिनलाई कमजोर बनाउने हतियार भएको बताउछिन् ।

महिला पर्यटन व्यवसायी मञ्च ९ओटेफ० का अध्यक्ष पार्वती पाण्डेले पर्यटन क्षेत्रका महिलालाई सबल र सक्षम बनाउन विविध विषयको ज्ञान आवश्यक रहेको औँल्याएकी छिन् । उनले महिलाले आफ्नो भूमिकाको खोजी गर्दा अनेक खालका विभेदको सामना गर्नुपरेको बताएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

सुदूरपश्चिमको पर्यटन विकासका लागि व्यवसायीहरु जुट्दै सुदूरपश्चिमको पर्यटन विकासका लागि व्यवसायीहरु जुट्दै २ हप्ता पहिले
मेक्सिकोमा विमान दुर्घटनाग्रस्त, छ सैनिकको मृत्यु मेक्सिकोमा विमान दुर्घटनाग्रस्त, छ सैनिकको मृत्यु ६ दिन पहिले
गैँडाकोटका भूमिहीनलाई असारभित्र जग्गा प्रदान गर्दै भूमि आयोग गैँडाकोटका भूमिहीनलाई असारभित्र जग्गा प्रदान गर्दै भूमि आयोग ४ हप्ता पहिले
तीन कम्पनीको शेयर सूचिकृत, कुनको कति कित्ता ? तीन कम्पनीको शेयर सूचिकृत, कुनको कति कित्ता ? २ हप्ता पहिले
डडेल्धुराका किसानहरु मौरीपालन व्यवसायमा डडेल्धुराका किसानहरु मौरीपालन व्यवसायमा ४ हप्ता पहिले
बृहतसभा अगाडि ओली समूहकाे मोटरसाइकल र्‍याली बृहतसभा अगाडि ओली समूहकाे मोटरसाइकल र्‍याली ४ हप्ता पहिले
माटोको अभावमा सरस्वतीको मूर्ति बनाउने काम प्रभावित, सोचेजस्तो व्यापार नहुने माटोको अभावमा सरस्वतीको मूर्ति बनाउने काम प्रभावित, सोचेजस्तो व्यापार नहुने २ हप्ता पहिले
आयोगमा नियुक्त भएका कांग्रेसीहरूलाई फिर्ता बोलाउन नेता गुरुङको देउवासमक्ष माग आयोगमा नियुक्त भएका कांग्रेसीहरूलाई फिर्ता बोलाउन नेता गुरुङको देउवासमक्ष माग ३ हप्ता पहिले