सोमबार , फागुण २४, २०७७

आज नेपालमा थप ८० जनामा कोरोना संक्रमण

आज नेपालमा थप ८० जनामा कोरोना संक्रमण

९ फागुन,काठमाडौं । आज नेपालमा थप ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा ८० जनामा कोरोना पुष्टि भएको हो।

यो सहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७३ हजार ४३१ पुगेको छ। त्यस्तै २४ घन्टामा १ सय २१ जना निको भएर घर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ६९ हजार ८७६ पुगेको छ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

त्यसैगरी काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यसमध्ये काठमाडौंका ३६, ललितपुरका ११ र भक्तपुरका २ जना छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय