मंगलबार , फागुण १८, २०७७

भक्तपुरबाट लागूऔषधसहित भारतीय पक्राउ

भक्तपुरबाट लागूऔषधसहित भारतीय पक्राउ

९ फागुन,भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्राउ गरेको छ ।

भारत बेतिया सिक्टा गाउँ–१० बस्ने ४७ वर्षीय आनन्दराम चमारलाई लागूऔषधसहित पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताएका छन् । प्रहरीले चमारका साथबाट अवैध डाइजोपाम ३००, नोर्फिन ३०० र फेनेरागन ३०० थान बरामद गरेको जनाइएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय