शनिबार , फागुण १५, २०७७

ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने चालक पक्राउ

ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने चालक पक्राउ

९ फागुन, सुर्खेत । सुर्खेतमा ट्राफिक प्रहरीलाई एक हजार रुपैयाँ घुस दिन खोज्ने मोटरसाइकल चालक पक्राउ परेका छन् । गोठीचौर गाउँपालिका–५, का मोटरसाइक चालक राजकुमार भण्डारी पक्राउ परेका हुन् ।

उनले वीरेन्द्रनगर–६ सिटीबसपार्कमा चेकजाँचका क्रममा ट्राफिक प्रहरीलाई पैसा दिन खोजेपछि पक्राउ गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यलय सुर्खेतका प्रमुख उपेन्द्रप्रसाद आचार्यले जानकारी दिए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

पक्राउ परेका चालकलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाएको छ । उनीसँग लाइसेन्स र बिलबुक पनि नभएको पाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय