शुक्रबार , फागुण १४, २०७७

झुटा विवरण पेश गरी परिचयपत्र बनाउन खोज्ने पक्राउ

झुटा विवरण पेश गरी परिचयपत्र बनाउन खोज्ने पक्राउ

९ फागुन,म्याग्दी । म्याग्दीमा झुटा विवरण पेश गरेर नाबालक परिचयपत्र बनाउन खोज्ने पक्राउ परेका छन् । अर्कैको छोरीलाई आफ्नो छोरी भएको नक्कली कागजात बनाएर नाबालक परिचयपत्र बनाउन खोज्ने धवलागिरि गाउँपालिका–३ का ५५ वर्षीय रेशमबहादुर भण्डारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले दीपक भण्डारीकी १५ वर्षीया छोरी दिवा भण्डारीको नाबालक परिचयपत्र बनाउन आफ्नो छोरी भएको नक्कली कागजात पेश गरेका रेशमबहादुरलाई नियन्त्रणमा लिएको बताएका हुन् । “रेशमबहादुरले पेश गरेका कागजात शङ्कास्पद भेटिएपछि प्रशासनको निर्देशनमा छानबिनका लागि नियन्त्रणमा लिएका हौँ,” उनले भने, “झुटा विवरण पेश गरेर लिखतसम्बन्धी कसुर गरेको अभियोगमा पक्राउ परेका रेशमबहादुरमाथि थप छानबिन गर्न अदालतबाट म्याद थप गर्न अनुमति मागेका छौं ।”

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रारम्भिक बयानका क्रममा रेशमबहादुरले दिवालाई विदेश ९जापान० पठाउनका लागि नाबालक परिचयपत्र बनाउन लागेको बताएका छन् । सोह्र वर्षभन्दा कम उमेरका व्यक्ति विदेश जानका लागि नाबालक परिचयपत्र बनाउनुपर्छ । रेशमले दिवाको नाबालक परिचयपत्र बनाउन शुक्रबार प्रशासनमा कागजात पेश गरेका थिए । रेशमले पेश गरेका कागजात शङ्कास्पद देखिएपछि अनुसन्धानका लागि प्रहरीलाई जिम्मा दिएको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

जित्ने हैन त ? १ रुपैयाँमै डिमहोमको फाइबर नेट जित्ने हैन त ? १ रुपैयाँमै डिमहोमको फाइबर नेट ३ दिन पहिले
शिक्षक, विद्यार्थी र अभिभावकबीच समन्वय र सहकार्य आवश्यक शिक्षक, विद्यार्थी र अभिभावकबीच समन्वय र सहकार्य आवश्यक ४ हप्ता पहिले
इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ बाँडफाँड, दश कित्ता पाउने कति ? इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ बाँडफाँड, दश कित्ता पाउने कति ? ४ हप्ता पहिले
दाहाल र नेपाल समूहले आधिकारिकता माग गर्दै पत्र बुझायाे दाहाल र नेपाल समूहले आधिकारिकता माग गर्दै पत्र बुझायाे ३ हप्ता पहिले
एक नम्बर विकास बैंक बन्दै गरिमा विकास बैंक ! छोटो इतिहासमै ठूलो उछाल एक नम्बर विकास बैंक बन्दै गरिमा विकास बैंक ! छोटो इतिहासमै ठूलो उछाल ४ हप्ता पहिले
कञ्चनपुरमा फरुवा प्रहार गरी श्रीमानको हत्या कञ्चनपुरमा फरुवा प्रहार गरी श्रीमानको हत्या ३ दिन पहिले
खुमा अर्यालले खोले हेटौंडामा दाना उद्योग, २ अर्बको लागतमा गुणस्तरीय फिड खुमा अर्यालले खोले हेटौंडामा दाना उद्योग, २ अर्बको लागतमा गुणस्तरीय फिड १ हप्ता पहिले
स्थानीय तहमा कोरोना व्यवस्थापन शीर्षकमा अनियमित तरिकाले खर्च स्थानीय तहमा कोरोना व्यवस्थापन शीर्षकमा अनियमित तरिकाले खर्च ४ हप्ता पहिले