
९ फागुन, काठमाडौं । सशस्त्र प्रहरीका वरिष्ठ हवल्दारविरुद्ध भ्रष्टाचार मुद्दा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ परेका महोत्तरीको गौशलामा कार्यरत सशस्त्र प्रहरीका वरिष्ठ प्रहरी हवल्दार सरबनकुमार बस्नेतविरुद्ध मुद्दा दायर गरेको हो ।
अनुसन्धानको क्रममा बस्नेतले सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिएको पुष्टि हुन आएको दाबी गर्दै अख्तियारले आइतबार उनीविरुद्ध मुद्दा दायर गरेको हो ।
घरायसी प्रयोगका लागि काठ दाउरा लैजान सहजीकरण गरिदिएबापत १५ रुपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियारले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो ।
प्रतिक्रिया