आइतबार , फागुण १६, २०७७

दिदीसँग एक करोड फिरौती मागेर भाञ्जाको अपहरण गर्ने मामा सार्वजनिक

दिदीसँग एक करोड फिरौती मागेर भाञ्जाको अपहरण गर्ने मामा सार्वजनिक

९ फागुन, धनुषा । नेपाल प्रहरीले आफ्नै भाञ्जाको अपहरण गरेर दिदीसँग एक करोड फिरौती माग गर्ने युवकलाई पक्राउ गरि सार्वजनिक गरेको छ । जिल्लाको नगराइन नगरपालिका–६ जटही निवासी रमेश दासका ७ बर्षीय छोरा चन्दनको शनिबार अपहरण गरेको आरोपमा रामरतन भनिने लक्ष्मेश्वर दासलाई प्रहरीले आइतबार सार्वजनिक गरेको हो ।

महोत्तरीको पिपरा गाउँपालिका ७ घर भई जनकपुरधाम उपमहानगरपालिका ७ कटैयाचोरी बस्ने २० बर्षीय लक्ष्मेश्वर चन्दनका आफ्नै मामा हुन् । चन्दनको अपहरणमा संलग्नता रहेको भन्दै प्रहरीले लक्ष्मेश्वर, अपहरित बालकका पिता रमेशसहित तीन जनालाई नियन्त्रणमा लिएको थियो । तर घटनामा लक्ष्मेश्वरको मात्रै संलग्नता देखिएको प्रहरीको भनाइ छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

शनिबार दिउँसो १ बजे घर अगाडि खेलिरहेका चन्दनलाई लक्ष्मेश्वरले चाउचाउ, बिस्कुट दिएर जनकपुरधामस्थित कोठामा ल्याएका थिए । कोठामा ल्याएपछि लक्ष्मेश्वरले नयाँ नम्बरबाट आफ्नी दिदी अर्थात चन्दनकी आमालाई फोन गरेर एक करोड रुपैयाँ फिरौती मागेका थिए ।

घटनाबारे जानकारी पाएपछि खोजी सुरु गरेको प्रहरीले खोजतलास गर्ने क्रममा लक्ष्मेश्वरको कोठाबाट चन्दनको उद्धार गरेको धनुषा प्रहरीले जनाएको छ । पक्राउ परेका लक्ष्मेश्वरविरुद्व अपहरण तथा शरीर बन्धक मुद्दामा जिल्ला अदालतबाट म्याद थप गराई अन्य अनु्सन्धान गरिरहेको धनुषा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय