शुक्रबार , फागुण १४, २०७७

वडा कार्यालय तोडफोड गर्नेलाई स्याङ्जा प्रहरीले किन कारवाही गरेन् ?

वडा कार्यालय तोडफोड गर्नेलाई स्याङ्जा प्रहरीले किन कारवाही गरेन् ?

९ फागुन, स्याङ्जा । वडा कार्यालय तोडफोडको बिषयमा परेको किटानी जाहेरीमा प्रहरीले सक्रियता नदेखाएको पीडितले गुनासो गरेका छन् । कालीगण्डकी गाउँपालिका वडा नम्बर ३ को कार्यालय तोडफोड गर्ने तथा वडा अध्यक्षलाई ज्यानमार्ने धम्की विरुद्ध परेको किटानी जाहेरीमा अहिलेसम्म प्रहरीले अपराधी पक्राउ गरेर कारबाहीको दायरामा ल्याउन नसकेको सोही पीडित वडाध्यक्ष रामबहादुर आलेको गुनासो छ ।

मेरो वडा कार्यालयमा तोडफोड भएपछि म स्वयं उपस्थित भएर किटानी जाहेरी दिएको थिए तर अहिलेसम्म कुनै कारबाही प्रक्रिया अगाडि नबढेको अध्यक्ष आलेको भनाइ छ । वडा कार्यालयको सार्वजनिक सम्पति तोडफोड भएपछि म लगायत साथीहरूको उपस्थितिमा यहीँ फागुन ५ गते किटानी जाहेरी दिएका थियौं तर ती तोडफोड गर्ने ब्यक्ति उपर कुनै कारबाही भएन, आलेले भने ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

स्वास्थ्य चौकीको बिषयमा फागुन ३ गते वडामा भएको भेलामा सोही वडाका खुमबहादुर आले, इन्द्रबहादुर थापा र रेशम सिङ थापाले वडा कार्यालयका टेबुलकुर्ची तोडफोड गर्नुका साथै वडा अध्यक्ष समेतलाई ज्यान मार्ने धम्की दिएको भन्दै वडाध्यक्ष रामबहादुर आले, भगवती पाण्डे, उमबहादुर थापा, लोकबहादुर सुनुवार र फुलमाया सार्कीले फागुन ५ गते वडा प्रहरी कार्यलय वालिङ्मा सयुक्त रूपमा उजुरी दिएका थिए ।

स्याङ्जा प्रहरी प्रमुख होबिन्द्र बोगटीले भने उजुरी उपर काम भैइरहेको र अपराधिक गतिविधि गर्ने जोकोहीलाई पनि कानुन दायरामा ल्याइने बताएका छन् । उनले भने, कुनै पनि अपराधिक गतिविधि विरुद्ध स्याङ्जा प्रहरी सशक्त रूपमा लाग्छ । यो निवेदनको बिषयमा पनि काम भैरहेको उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

रेशम चौधरी जेलमा छन्, यस्तो अवस्थामा कसरी सत्ता साझेदारी हुन्छ : महतो रेशम चौधरी जेलमा छन्, यस्तो अवस्थामा कसरी सत्ता साझेदारी हुन्छ : महतो १६ घण्टा पहिले
इन्डोनेसियाको सुन खानीमा पहिरो जाँदा पाँचको मृत्यु, ७० बेपत्ता इन्डोनेसियाको सुन खानीमा पहिरो जाँदा पाँचको मृत्यु, ७० बेपत्ता १९ घण्टा पहिले
शेरबहादुरलाई उपयोग गरेर एमसीसी पास गराउने तयारी शेरबहादुरलाई उपयोग गरेर एमसीसी पास गराउने तयारी १० घण्टा पहिले
खुमलटारमा प्रचण्ड वामदेवको भेटर्वाता खुमलटारमा प्रचण्ड वामदेवको भेटर्वाता २० घण्टा पहिले
बेवारिसे शव जलाउने विनयजंगविरुद्ध साइबर अपराधको मुद्दा बेवारिसे शव जलाउने विनयजंगविरुद्ध साइबर अपराधको मुद्दा १० घण्टा पहिले
राष्ट्रपतिबाट शपथ लिए राजदूतद्वय रेग्मी र विश्वकर्माले राष्ट्रपतिबाट शपथ लिए राजदूतद्वय रेग्मी र विश्वकर्माले १४ घण्टा पहिले
कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को अध्यक्षमा फेम्बू चयन कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को अध्यक्षमा फेम्बू चयन १५ घण्टा पहिले
ओली राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवासमा ओली राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवासमा ११ घण्टा पहिले