मंगलबार , फागुण १८, २०७७

ललितपुर प्रहरीको ठुलो सफलता, ३० लाखसहित जुवाडे पक्राउ

ललितपुर प्रहरीको ठुलो सफलता, ३० लाखसहित जुवाडे पक्राउ

९ फागुन, ललितपुर । महानगरीय प्रहरी परिसर ललितपुर प्रहरीले ३० लाख रुपैयाँसहित १७ जना जुवाडेलाई सुनाकोठीबाट पक्राउ गरेको छ । गत शुक्रबार साँझ प्रहरीले ललितपुर–२६ सुनाकोठीस्थित अजय महर्जनको घरमा जुवा खेलिरहेका उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरी निरीक्षकसहितको टोलीले ३० लाख ८४ हजार ४ सय रुपैयाँसहित जुवाडेहरूलाई पक्राउ गरेको ललितपुर प्रहरी परिसर प्रमुख एसएसपी किरण बज्राचार्यले बताइन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

बज्राचार्यका अनुसार महर्जनको घरको दोस्रो तलामा जुवा खेलिरहेका व्यक्ति पक्राउ परेका हुन् । उनीहरूको साथबाट प्रहरीले १९ बुक तास, १६ थान कौडा, तास खेल्दा प्रयोग हुने क्यारेमको गोटी ५ थान र सिमीको दाना १५० थान बरामद गरेको छ।

Juwa

पक्राउ पर्नेमा रामबहादुर लामा, प्रकाश भण्डारी, लवकुमार बस्नेत, राकेश महर्जन, दिनेश पुडासैनी, हिटलर श्रेष्ठ, अनिल महर्जन, श्रीकृष्ण खड्का, तुलसीराम महर्जन, सानुकान्छा महर्जन, पूर्ण श्रेष्ठ, विनोदप्रसाद घिमिरे, पूर्णमान माली, सानुकान्छा बस्नेत, राम खत्री, विनोद महर्जन र चिरिकाजी महर्जन रहेका छन् ।

उनीहरू सबै ललितपुरका हुन् । उनीहरूलाई हिरासतमा लिएर जुवा ऐन अन्तर्गत कारबाही थालिएको एसएसपी बज्राचार्यले बताइन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

रिक्त डेपुटी गभर्नरकाे पदमा को आउँलान ? रिक्त डेपुटी गभर्नरकाे पदमा को आउँलान ? ५ घण्टा पहिले
पूर्वाञ्चल क्यान्सर अस्पतालको ओलीले गरे उदघाटन पूर्वाञ्चल क्यान्सर अस्पतालको ओलीले गरे उदघाटन २७ मिनेट पहिले
पत्रकारिता सधैँ गणतन्त्र र संविधानका पक्षमा हुनुपर्छ : नेता भट्टराई पत्रकारिता सधैँ गणतन्त्र र संविधानका पक्षमा हुनुपर्छ : नेता भट्टराई २४ घण्टा पहिले
सामुदायिक वनमा आगलागी, स्थानीयवासी चिन्तित सामुदायिक वनमा आगलागी, स्थानीयवासी चिन्तित १९ घण्टा पहिले
सौर्य प्लान्टबाट १० मेगावाट विद्युत् केन्द्रीय प्रसारणमा जोडियो सौर्य प्लान्टबाट १० मेगावाट विद्युत् केन्द्रीय प्रसारणमा जोडियो ५ घण्टा पहिले
सरकारले नेत्रविक्रम चन्द समूहसँग वार्ताको तयारी गरिरहेकाे छ : मन्त्री गुरुङ सरकारले नेत्रविक्रम चन्द समूहसँग वार्ताको तयारी गरिरहेकाे छ : मन्त्री गुरुङ २० घण्टा पहिले
चन्द्रागिरी हिल्सको शेयरको उच्च माग, कति पुग्यो प्रतिशेयरमूल्य ? चन्द्रागिरी हिल्सको शेयरको उच्च माग, कति पुग्यो प्रतिशेयरमूल्य ? २० मिनेट पहिले
म खाऊँ मै लाऊँ भन्ने भावना त्याग्न प्रधानमन्त्रीको आह्वान म खाऊँ मै लाऊँ भन्ने भावना त्याग्न प्रधानमन्त्रीको आह्वान २४ घण्टा पहिले