
९ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले विप्लव समूहले वार्तामा आउँछु भन्दा केही तत्वलाई टाउको दुखेको बताएका छन् । चन्द्रागिरिको दहचोक–१ मा पाँचौं इन्द्रदह पर्यटन उत्सवको उद्घाटन समारोहमा सम्बोधन गर्दै ओलीले भने, पृथकतावादको कुरा छाडेर सीके राउत मुलधारको राजनीतिमा आउँछु भने अब विप्लव वार्ता गर्छु भन्दैछन्, केहीलाई छटपटी भएको छ ।’
हतियार उठाइरहेका, व्यवस्थाको विरोध गरिरहेका विप्लव समूहका नेता विप्लवले सरकारसँग वार्ता गर्छौं हामी, वार्ता गरेर समाधानमा जान्छौं भनेर वक्तव्य निकालेछन् । कतिपयलाई आतंक भएको छ ओलीले भने ।
ओलीले भने, कतिपय विप्लवलाई प्रयोग गरौंला कि भनेको, वार्ता गरेर समस्या समाधान पो गर्न थालेको बताए । ओलीले प्रतिनिधिसभा पुनर्स्थापना नहुने र वैशाख १७ र २७ गते निर्वाचन हुने बताए । उनले निर्वाचनको तयारीमा लाग्न पनि कार्यकर्तालाई निर्देशन दिएका छन् ।
प्रतिक्रिया