मंगलबार , फागुण १८, २०७७

तपाईको आजको राशीफल कस्ताे छ ?

तपाईको आजको राशीफल कस्ताे छ ?

वि.सं. २०७७ साल फाल्गुन १० गते । सोमबार । इ.स.२०२१ फेब्रुवरी २२ तारिक । शकसंवत् १९४२ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । नेपाल संवत् ११४१ । माघ शुक्लपक्ष । तिथी– दशमी,१४ बजेर ३२ मिनेट उप्रान्त एकादशी । नक्षत्र–मृगशिरा, ०८ बजेर ४२ मिनेट उप्रान्त आद्र्रा । योग–प्रिती,२७ बजेर ३१ मिनेट उप्रान्त आयुष्मान । करण–गर,१४ बजेर ४२ मिनेट उप्रान्त वणिज,२७ बजेर ०३ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–आनन्द योग । चन्द्रराशि–मिथुन । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ३७ मिनेटमा,सूर्यास्त १७ बजेर ५८ मिनेटमा । दिनमान २८ घडी २३ पला । शल्य दशमी ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ):- बौद्धिकस्तर उच्चतहको रहनाले भाग्यशक्ति बलियो बन्नेछ । अध्ययन अध्यापनले क्षेत्र सफल हुनेछ । धार्मिक जगतमा ख्याति पाईने योग रहेकोछ । पापीय मनोवृत्ति निश्कृय हुनेछ । दुर्घटना लगायत दैवी विपत्तिमा न्यूनिकरण आउला । नोकरीमा ख्याती बढ्ने कार्यले प्रशंसित बनाउला । राजनैतिक गतिविधीबाट समाजमा प्रभावशाली व्यक्तित्वको परिचय बन्ने योग रहेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो):- असजिलो परिस्थिती हरुलाई बुद्धिमता पुर्वक सहजतामा ढाल्न सकिनेछ । मायाप्रेमको गाठो कसिलो हुनेछ भने जीवनसाथिको सहयोगले उत्पादन मुलक काम गर्न सकिनेछ । पारिवारिक सभा समारोहका सहभागी भई मिठोमसिलो भोजन ग्रहण गर्न अवसर प्राप्त हुनेछ । कलाकारिता तथा फिल्मी क्षेत्रमा समय लगानी गर्नेहरुको नाम तथा दाम दुबै कमाउने ग्रहयोग रहेकोछ । कुटुम्बको सहयोगले राम्रा काम गर्न सकिनेछ ।

मिथुन ( का,की,कू,घ,ङ,छ,के,को,हा) :- अध्ययन तथा प्रतिस्पर्धामा तपाईको नाम एक कदम अगाडी आउनेछ भने, प्रतिस्पर्धिहरुलाई किनारा लगाउदै नतिजा आफैतिर ल्याउन सकिनेछ । राजनीति तथा समाजसेविहरुले जनताको समर्थनमा पद प्राप्त हुने योग रहेकोछ । समय अनुकुल चल्न सकिने हुनाले र व्यापारमा भनेजस्तो आम्दानी हुने हुनाले आर्थिक अवस्था सुदृड रहनेछ । प्रेममा बिश्वासको वातावरण सिर्जना हुनेछ ।

कर्कट ( ही,हू,हे,हो,डा,डी,डु,डे,डो):-  अर्थ संकलन तथा आर्थिक अवस्था कमजोर रहने हुँदा कामहरु रोकिन सक्छ । मायाप्रेममा एक अर्कालाई बिश्वास गर्न नसक्दा लामो समय देखिको सम्बन्ध टुट्न सक्छ । स्वास्थ्यको ख्याल गर्नुहोला समय मध्यम रहेको छ । तरपनि विदेशमा बसेर अध्ययन तथा श्रम गर्नेहरुका लागी भने समय फलदायी रहनेछ । विदेशी लगानीमा सञ्चालित सस्थाबाट मनग्गे लाभ लिन सकिने छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे):-  परिवार,आफन्त र ईष्टमित्रसँग आत्मियता तथा सद्भाव बढ्नेछ । सामाजिक सभा सम्मेलनमा सहभागी हुने अवसर मिल्नेछ । राजनीतिक काममा सफलता मिल्नेछ । अध्ययन अध्यापनमा सफलता मिल्नेछ । शत्रुहरु पराजित हुनेछन् । पतिपत्नीबीच सम्बन्धमा सुधार आउनेछ ।राजनिति तथा समाजसेवा जस्ता क्षेत्रमा तपाईको नाम चर्चामा आउनेछ । तथा विवादित बिषयहरु तपाईकै पक्षमा फैसला हुनेछ ।

कन्या ( टो,पा,पी,पू,ष,ण,ठ,पे,पो ) :-  सहयोगीहरूले राम्रो साथ दिनेछन् भने गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। विभिन्न उपहार प्राप्त हुने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन हुनेछ।

तुला ( रा,री,रु,रे,रो,ता,ती,तू,ते ) :- कल्याणकारी तथा तारिफयोग्ग काम गरी चर्चामा आउन सकिनेछ । भाग्य तथा समयले साथ दिने हुँदा सानो प्रयत्नले ठुला कामहरु बन्नेछन् । धर्म तथा अध्यात्मिक क्षेत्रमा ध्यान जाने हुनाले धार्मिक प्रतिष्ठान वा मन्दीर तिरको यात्रा हुनेछ । दाजुभाई तथा जीवन साथिसँगको सम्बन्ध थप सुदृड हुनेछ । लेखन कलाको माध्यमबाट आफ्ना विचारहरु मनमानसमा लैजान सकिनेछ ।

बृश्चिक ( तो,ना,नी,नू,ने,नो,या,यी,यू ) :- खर्च बढ्नुका साथै आर्थिक संकटले सताउन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ला। समय र नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन्। दण्ड वा जरिवानामा परिने सम्भावना छ। छर–छिमेकमा पनि असमझदारी बढ्न सक्छ। तापनि, प्रतिस्पर्धाबाट सामान्य फाइदा उठ्नेछ। वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ। स्थानान्तरण वा टाढाको यात्रा सम्भावना छ।

धनु ( ये,यो,भा,भी,भू,ध,फा,ढा,भे ): – बिभिन्न कारणले पढाईलेखाई प्रभावित हुनेछ । एकल तथा साझेदारी व्यवसायमा लगानी नगर्नु नै राम्रो रहेकोछ । लगानी गर्दा साझेदारहरु बीच मतभेद बढ्नेछ । पढाईलेखाईमा मन नजाने हुनाले अरुभन्दा पछी परिनेछ । भौतिक सम्पति तथा विलाशी बस्तुहरुको प्रयोग गर्दा ख्याल गर्नुहोला नराम्रा घट्ना घट्न सक्छ । मायाप्रेममा नजिक हुँदा बिवाद हुने तथा दाम्पत्य जीवनमा चिसो पनको बिकास हुनेछ ।

मकर ( भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । परिस्थितिलाई आफ्नो पक्षमा ल्याउन सकिने हुनाले समयमा कामहरु बन्नेछन् । मायाप्रेममा सामिप्यता बढेर जानेछ भने पतिपत्नीबीच मायाको डोरो अझ कसिलो भएर जानेछ । पारिवारिक यात्रा हुने अधिक सम्भावना रहेकोछ भने यात्राका क्रममा बिभिन्न रमाईला स्थलहरुको भ्रमण गर्न सकिनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउने हुनाले मन प्रशन्न हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा ):-  व्यापार व्यवसायमा लगानी गरी सोचेजस्तो आम्दानी गर्न सकिनेछ । पढाईलेखाई अन्य दिन भन्दा सुधार हुने हुनाले आफन्त हरु खुशि हुनेछन् । मायाप्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मिय मित्रमा साथ रमाईलो यात्रा हुनेछ । सबैको सहयोग पाईने हुनाले काम गर्न जोस जागर आउनेछ । सामाजिक काममा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ भने सबैले तपाईको क्षमताको कदर गर्नेछन् । आकस्मिक धन तथा सम्पती लाभ हुने योग रहेको छ भने आफुले मन पराएको मानिसबाट उपाहार प्राप्त हुने हुनाले मन प्रशन्न रहनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची):- घर परिवार तथा आफन्तहरुमा बिभिन्न समस्या देखा पर्नेछ । आमाको स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढेर जानेछ । प्रणय सम्बन्धमा सामान्य मनमुटाब सिर्जना हुनेछ । जग्गा सम्बन्धी विवादमा फस्ने योग रहेकोछ भने आन्तरिक धन सम्पतिमा विवाद सिर्जना हुन सक्छ ध्यान दिनुहोला । पढ्नेलेख्ने काममा खासै मन जाने छैन । कृषि तथा पशुपालन व्यवसायबाट भने सन्तोष जनका नाफा कमाउन सकिनेछ । तपाईको दिन शुभ रहोस् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

काठमाडौंमा संचालित टेम्पोमा मेगा बैंकको क्यूआर कोड संचालनमा काठमाडौंमा संचालित टेम्पोमा मेगा बैंकको क्यूआर कोड संचालनमा १८ घण्टा पहिले
कालिका दर्शन वर्ष सफल पार्न विभिन्न अभियान शुरु कालिका दर्शन वर्ष सफल पार्न विभिन्न अभियान शुरु १८ घण्टा पहिले
ओली कारवाही गर्न नसक्ने, प्रचण्ड–नेपाल अविश्वासको प्रस्ताव ल्याउन नसक्ने ओली कारवाही गर्न नसक्ने, प्रचण्ड–नेपाल अविश्वासको प्रस्ताव ल्याउन नसक्ने २४ घण्टा पहिले
बाटो फराकिलो पार्ने क्रममा माटाले पुरिएर एकको मृत्यु बाटो फराकिलो पार्ने क्रममा माटाले पुरिएर एकको मृत्यु १९ घण्टा पहिले
नेदरल्याण्ड्सका लागि गैरआवासीय राजदूतमा राजभण्डारी नियुक्त नेदरल्याण्ड्सका लागि गैरआवासीय राजदूतमा राजभण्डारी नियुक्त १९ घण्टा पहिले
निकुञ्जका गैँडा उचित बासस्थान खोज्दै पश्चिमतर्फ निकुञ्जका गैँडा उचित बासस्थान खोज्दै पश्चिमतर्फ १८ घण्टा पहिले
नेपाल द्विपक्षीयस्तरमा सबै देशसँग मैत्री सम्बन्ध राख्न प्रतिबद्ध : ज्ञवाली नेपाल द्विपक्षीयस्तरमा सबै देशसँग मैत्री सम्बन्ध राख्न प्रतिबद्ध : ज्ञवाली १३ घण्टा पहिले
पर्यटक भित्र्याउन महादेव मन्दिरमा महायज्ञ पर्यटक भित्र्याउन महादेव मन्दिरमा महायज्ञ १७ घण्टा पहिले
डिम्याट खाताको संख्या २९ लाख पुग्यो, एक सातामै थपिए एक लाख बढि ? डिम्याट खाताको संख्या २९ लाख पुग्यो, एक सातामै थपिए एक लाख बढि ? २ हप्ता पहिले
ग्रीसमा फेरी लकडाउन, विद्यालयहरू बन्द ! ग्रीसमा फेरी लकडाउन, विद्यालयहरू बन्द ! ३ हप्ता पहिले
गैँडाकोटका भूमिहीनलाई असारभित्र जग्गा प्रदान गर्दै भूमि आयोग गैँडाकोटका भूमिहीनलाई असारभित्र जग्गा प्रदान गर्दै भूमि आयोग ४ हप्ता पहिले
सङ्घीय सरकारको सहयोगमा चिस्यान केन्द्र बन्दै सङ्घीय सरकारको सहयोगमा चिस्यान केन्द्र बन्दै २ हप्ता पहिले
प्रगतिवादी कवि शाक्यद्वारा लिखित ‘सम्बोधि’ सार्वजनिक प्रगतिवादी कवि शाक्यद्वारा लिखित ‘सम्बोधि’ सार्वजनिक २ हप्ता पहिले
“को मान्छे कति बेला मर्छ, थाहा छैन, तर जबसम्म बाँचिन्छ राम्रो काम गर्नुपर्छ ”: प्रधानमन्त्री ओली “को मान्छे कति बेला मर्छ, थाहा छैन, तर जबसम्म बाँचिन्छ राम्रो काम गर्नुपर्छ ”: प्रधानमन्त्री ओली ६ दिन पहिले
उच्च अदालत जनकपुरको लक्ष्यभन्दा कम मुद्दा फछ्र्योट उच्च अदालत जनकपुरको लक्ष्यभन्दा कम मुद्दा फछ्र्योट ४ दिन पहिले
अस्ट्रेलियामा पनि सुरु गरियो कोभिड खोप कार्यक्रम अस्ट्रेलियामा पनि सुरु गरियो कोभिड खोप कार्यक्रम १ हप्ता पहिले