बुधबार , फागुण १९, २०७७

फागुन १८ गतेदेखि मेयर र उप–मेयर कप क्रिकेट हुँदै, बिजेता टिमलाई कति छ धनराशी ?

फागुन १८ गतेदेखि मेयर र उप–मेयर कप क्रिकेट हुँदै, बिजेता टिमलाई कति छ धनराशी ?

१० फागुन, बैतडी । बैतडीको दशरथचन्द नगरपालिकामा चौथो संस्करणको मेयर र उप–मेयर कप टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ।

मेयर कप क्रिकेट क्रिकेट प्रतियोगिता यही फागुन १८ गतेदेखि सञ्चालन हुनेछ भने उप–मेयर कप क्रिकेट प्रतियोगिता अगामी चैत १ गतेदेखि हुने जनाइएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

दशरथचन्द नगरपालिकाको सहयोग तथा नगर क्रिकेट समितिको आयोजनामा सञ्चालन हुने उक्त प्रतियोगितामा नगरका ११ वटै वडाको सहभागिता रहनेछ।

मेयर र उप–मेयर क्रिकेट प्रतियोगितामा सम्पुर्ण खेलहरु सुन्दरखाली खेल मैदानमा सञ्चालन हुने नगर क्रिकेट समितिका संयोजक रमेश भट्टले जानकारी दिए।

मेयर कप क्रिकेटको प्रथम पुरस्कार ७५ हजार र द्वितीय पुरस्कार ५० हजार रहेको छ भने उप–मेयर क्रिकेटको विजेता टोलीले ४५ हजार पाउनेछ भने उप–विजेताले ३० हजार पुरस्कार पाउने नगर क्रिकेट समितिले जनाएको छ।

क्रिकेटको विकासका लागि दशरथचन्द नगरपालिकाले क्रिकेट प्रतियोगितालाई नगरपालिकाको कार्यक्रममै समावेश गरिएको नगरप्रमुख नरेन्द्रसिंह थापाले जानकारी दिए।

प्रतियोगिताले महिला तथा पुरुष खेलाडी उत्पादनमा सहयोग पुग्ने दशरथचन्द नगरपालिकाका उप–प्रमुख मिना चन्दले बताइन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

खानेपानी संस्थान उपमहानगरपालिकाको मातहतमा खानेपानी संस्थान उपमहानगरपालिकाको मातहतमा २३ घण्टा पहिले
जीर्ण रहेको आकाशेपुल मर्मत र निर्माण गदै महानगर जीर्ण रहेको आकाशेपुल मर्मत र निर्माण गदै महानगर ३ मिनेट पहिले
प्रवीण बाँस्तोला हत्या प्रकरणमा थप एक प्रतिवादी पक्राउ प्रवीण बाँस्तोला हत्या प्रकरणमा थप एक प्रतिवादी पक्राउ २२ घण्टा पहिले
ताप्लेजुङको दोभान बजारमा आगलागी हुँदा चालीस घर जले ताप्लेजुङको दोभान बजारमा आगलागी हुँदा चालीस घर जले २४ घण्टा पहिले
सरकार र विप्लवले वार्ताका लागि समिति गठन गर्नु सकारात्मक : कांग्रेस सरकार र विप्लवले वार्ताका लागि समिति गठन गर्नु सकारात्मक : कांग्रेस १५ घण्टा पहिले
‘वडा अध्यक्षले एकलौटी सडक उपभोक्ता समिति गठन गरे’– स्थानियवासी ‘वडा अध्यक्षले एकलौटी सडक उपभोक्ता समिति गठन गरे’– स्थानियवासी १ घण्टा पहिले
कांग्रेसले ओलीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता गर्नुपर्छ कांग्रेसले ओलीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता गर्नुपर्छ १९ घण्टा पहिले
२० प्रतिशत लाभांश प्रस्ताव पारित गर्न स्वाबलम्बनले बोलायो साधारण सभा २० प्रतिशत लाभांश प्रस्ताव पारित गर्न स्वाबलम्बनले बोलायो साधारण सभा ३ घण्टा पहिले