सोमबार , फागुण २४, २०७७

हिमाली पदयात्राका लागि आन्तरिक पर्यटकको आगमन शुरू

हिमाली पदयात्राका लागि आन्तरिक पर्यटकको आगमन शुरू

१० फागुन, रसुवा । कोभिड–१९ को असर शून्यमा झरेसँगै हिमाली पदयात्राका लागि आन्तरिक पर्यटकको आगमन शुरू भएको छ । हिमाली क्षेत्रमा चिसोपनको समस्या हल हुँदै गएका कारण हिमाली प्रकृति छटाको अवलोकन गर्ने पर्यटकको आगमन हुन थालेको हो ।

कोरोना सङ्क्रमणले देश लकडाउन भएका बेला सुनसान भएको रसुवाको पर्यटकीय क्षेत्र विस्तारै चलायमान बन्दै गएको छ । शिशिर ऋतुको समाप्ति र वसन्त ऋतुको आगमनसँगै हिमाली प्रकृति छटा अवलोकनका लागि बढ्न सक्ने पर्यटकको चापलाई मध्यनजर राख्दै गुणस्तरीय सेवा दिन होटल तथा लजको सुदृढीकरण गर्ने कार्य सम्पन्न भइसकेको पर्यटन व्यवसायीले बताएका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

रसुवा जिल्लाको लाङटाङलगायत तामाङ सम्पदा मार्ग, गोसाइँकुण्ड धार्मिक एवं हेलम्बु, ठाडेपाटी क्षेत्रका पदमार्गमा अवस्थित होटल तथा लजमा समेत आवश्यक तयारी पूरा भएको होटल व्यवस्थापन समितिले जनाएको छ । गत मङ्सिरदेखिनै कोरोनाको प्रभाव शून्यमा झरेको र खोप लगाउने कार्यसमेत धमाधम अगाडि बढिरहेका कारण उच्च मनोबलका साथ भ्रमण गर्नसक्ने वातावरण सिर्जना भइसकेकाले आगन्तुक पाहुनाको स्वागत गर्न यहाँका पर्यटन व्यवसायी आतुर रहेको होटल तथा पर्यटन व्यवसायी संघ रसुवाका अध्यक्ष निसान उपनामले परिचित रामशरण गजुरेलले बताए ।

शिशिर ऋतुअन्तर्गत फागुन १५ बाट हिमाली क्षेत्रमा तातोपना बढ्दै जाने र गृष्म ऋतुको जेठ महिनाभर भ्रमणको उपयुक्त समय मानिएको छ । यात्राका क्रममा नीलाद्री पर्वतमा विराजमान रहनुभएका भगवान् शङ्कर गोसाइँबाबाको दर्शनले आफ्नो मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वासका साथ गोसाइँकुण्डका यात्रुसमेत ओहोरदोहोर गर्न थालेका छन् ।

यस्तै मानव बस्ती नजिक लाङटाङ क्षेत्रको हिमनदी, लौरीविनायकबाट देखिने पश्चिमी नेपालका अल्का हिमाल, तामाङ सम्पदा मार्गअन्तर्गत गतलाङ क्षेत्रमा पर्ने पार्वतीकुण्ड, थुमनको नाकथलीलगायतका स्थानले आगन्तुक पर्यटकलाई मनमोहक बनाई पठाउने गरेको यहाँका ज्येष्ठ नागरिकले बताएका छन् ।

काठमाडौंबाट सबैभन्दा छोटो दूरीमा रहेको रसुवाको पदयात्राका क्रममा भूमिगत संरचनाको चिलिमे जलविद्युत् केन्द्र, ऐतिहासिक रसुवागढीका साथै यहाँका उकालीओराली झरना चौतारी, कुण्ड तालले समेत मनमोहक बनाउने गरेको छ । उता जैविक कृषिउपजको भोजन गराउन वृद्विममा सञ्चालित होमस्टेसमेत सुदृढीकरण कार्य सम्पन्न गरी पाहुनाको स्वागतका लागि व्यवसायी तयार रहेको होमस्टे व्यवस्थापन समितिका अध्यक्ष नुर्पु तामाङले जानकारी दिए ।

तामाङ सम्पदा मार्गअन्तर्गत गतलाङस्थित पर्वतीकुण्ड स्नान तथा पवित्र जलले निकास लिएको स्थानमा निर्मित १०८ धारा, स्थानीयस्तरमा उत्पादित कृषिजन्य वस्तुबाट तयार गरिएका खानाको साथै परम्परागत वेषभूषा, संस्कृतिअनुसारका नाचगाननै गतलाङको प्रमुख विशेषता भएको स्थानीयवासी पेम्वा तामाङले बताए ।

काठमाडौंबाट धुञ्चे बजारमा प्रवेश गर्नासाथ नजिक जसरीनै अवलोकन गर्न सकिने लाङटाङ, धुञ्चेको पूर्वतर्फ घले राजाले बासस्थान लिएको क्षेत्र, नेपालको पहिलो तामाङ धुञ्चे सङ्ग्रहालय, मिनी गोसाइँकुण्डका स्थानले यात्रालाई थप रोमाञ्चकारी बनाउने गरेको रसुवा नागरिक समाजका सचिव लामा रेञ्जन घलेले जानकारी दिए ।

कोभिड–१९ का कारण विदेश भ्रमणमा जान रोकिएका अधिकांश नेपाली रसुवाको प्राकृतिक छटा अवलोकनका लागि आएको बताउँदै होटल तथा पर्यटन व्यवसायी सङ्घका अध्यक्ष गजुरेलले विदेशीको अपेक्षा गर्नुभन्दा स्वदेशी पर्यटकलाई गुणस्तरीय सेवा दिई अन्तरिक पर्यटनलाई बढवा दिन व्यवसायीलाई सुझाव दिए । अबको यात्रा समुद्र सतहबाट दुई हजार मिटरभन्दा माथि पदमार्गका क्षेत्रमा लालीगुराँसलगायत अन्य वनस्पतिको समेत फूल फुल्ने र त्यसभन्दा माथि हिमप्रेमीले हिउँ खेल्नसमेत सहज हुने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

प्रधानमन्त्रीका आर्थिक सल्लाहकार दुगडको उद्योगले भुजियाको ट्रेडमार्क चोरी गरेको आरोप प्रधानमन्त्रीका आर्थिक सल्लाहकार दुगडको उद्योगले भुजियाको ट्रेडमार्क चोरी गरेको आरोप १७ घण्टा पहिले
आफन्तसँग ढाँटेर एक लाख ऋणबाट ११ होटलको मालिक बने शङ्कर ! आफन्तसँग ढाँटेर एक लाख ऋणबाट ११ होटलको मालिक बने शङ्कर ! ४ घण्टा पहिले
आज पनि काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रमा हल्का पानी पर्ने आज पनि काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रमा हल्का पानी पर्ने ३ घण्टा पहिले
चीनको निर्यातमा व्यापक सुधार, एक दशकमै सबैभन्दा बढी चीनको निर्यातमा व्यापक सुधार, एक दशकमै सबैभन्दा बढी २३ घण्टा पहिले
बसन्त र बिन्दुको ‘रात जूनैको’ गीत सार्वजनिक बसन्त र बिन्दुको ‘रात जूनैको’ गीत सार्वजनिक २४ घण्टा पहिले
प्रतिनिधिसभा बैठक बहिस्कार गर्दै बाहिरिए प्रचण्ड–नेपाल समूह प्रतिनिधिसभा बैठक बहिस्कार गर्दै बाहिरिए प्रचण्ड–नेपाल समूह १९ घण्टा पहिले
विप्लवको सुरक्षाका लागि १० जना प्रहरी टोली परिचालन विप्लवको सुरक्षाका लागि १० जना प्रहरी टोली परिचालन २१ घण्टा पहिले
धनकुटाकी संक्रमित महिलाको धरानमा मृत्यु धनकुटाकी संक्रमित महिलाको धरानमा मृत्यु २१ घण्टा पहिले