सोमबार , फागुण २४, २०७७

नेपाली समुदायलाई लक्षित गर्दै ‘ओला नमस्ते’ प्रकाशित

नेपाली समुदायलाई लक्षित गर्दै ‘ओला नमस्ते’ प्रकाशित

१० फागुन,पोर्चुगल । नेपाली समुदायलाई स्पेनिस भाषा सिक्न सजिलो होस् भन्ने ध्येयले ‘ओला नमस्ते’ पुस्तक प्रकाशित भएको छ । कास्की आदर्श समाज स्पेनद्वारा प्रकाशित सो पुस्तकको समाजको दोस्रो साधारणसभाका अवसरमा आइतबार भर्चुअल माध्यमबाट सार्वजानिक गरिएको हो । साधारण सभाले समाजको साङ्गठनिक तथा आर्थिक प्रतिवेदन समेत पारित गरेको थियो ।

सो अवसरमा आदर्श सेवा समाज अन्तरराष्ट्रिय परिषद्का अध्यक्ष गोविन्द पौडेलले स्पेनिस भाषा सिक्न चाहने नेपालीलाई सहयोग पु¥याउने ध्येयले पुस्तक प्रकाशन गरेको जानकारी दिएका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

समाजले रु १३ लाखको अक्षयकोष सञ्चालन गर्नुका साथै पोखरा महानगरपालिकासँग सहकार्य समेत गर्दै आएको छ । पर्वत समाज स्पेनका उपाध्यक्ष सन्तोष पौडेलले पुस्तकले स्पेनमा आउने नेपालीलाई सहज बनाउने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय