
१० फागुन,गोरखा । गोरखाको सुलिकोट गाउँपालिका १ बारपाकमा आज बिहान एकै परिवारका तीन जना मृत भेटिएका छन्। मृत्यु भेटिनेमा ८४ वर्षीय डिलबहादुर गुरूङ, २१ वर्षीया आइतकुमारी गरूङ र १३ वर्षीया उषा गुरूङ रहेका छन् ।
उनीहरू हिजो राति सुतेका र आज बिहान अबेरसम्म नउठेपछि छिमेकीहरूले घरमा हेरेका थिए । मृत्यु भएकाहरुको मुखबाट फिँज आएको प्रहरीले जनाएको छ । साथै उनीहरुको हत्या गरिएको जस्तो देखिएको प्रहरीले बताएको छ ।
गोरखा प्रहरी कार्यलयका अनुसार अहिले बारपाक प्रहरी चौकीको टोली घटनास्थलमा पुगिसकेको र घटनाको अनुसन्धान भईरहेको छ ।
प्रतिक्रिया