
१० फागुन, काठमाडौं । बहुप्रतीक्षित मेलम्ची खानेपानीको सुरुङमा पानी पठाउने कार्यको शुभारम्भ भएको छ। खानेपानी मन्त्री मणि थापा र शहरी विकास मन्त्री रामबीर मानन्धरले सोमबार संयुक्त रूपमा स्वीच थिचेर सुरुङमा पानी पठाउने कार्यको शुभारम्भ गरेका हुन् ।
साढे २६ किलोमिटर सुरुङमा आजदेखि पानी भर्न थालेर परीक्षण थालिएको हो। खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले आवश्यक सम्पूर्ण प्राविधिक काम पूरा गरेसँगै पानी हालेर परीक्षण शुभारम्भ गरेको हो ।
प्रतिक्रिया