
१० फागुन, एजेन्सी । अमेरिकी वायुसेवाका २४ वटा बोइङ विमान ग्राउन्डेड गरिएको छ । एउटा विमानको इन्जिनमा समस्या देखिएपछि अमेरिकाको यूनाइटेड एअरलाइन्सद्वारा आफूसँग भएका २४ वटा बोइङ विमान अहिले नउडाउने निर्णय भएको बीबीसीले जनाएको हाे ।
युनाइटेड एयरलाइन्सको बोइङ विमान शनिबार टेक अफ भएपछि जेट विमानको एक इन्जिन असफल भएको बीबीसीले जनाएको छ ।
बीबीसी समाचारका अनुसार विमान यात्रु र १० चालक दल लिएर डेनभर एयरपोर्टमा फर्कन बाध्य भएको छ ।
फेडरल एभिएशन एडमिनिस्ट्रेशन एफएएका अनुसार युनाइटेड एक मात्र अमेरिकी एयरलाइन्सले त्यस्ता विमानहरू उडाइरहेको छ भने अन्य जापान र दक्षिण कोरियामा छन्।
प्रतिक्रिया