भूमिहीन परिवारलाई एकीकृत नमूना बस्ती निर्माण
नेपालबहस संवाददाता
फागुन १०, २०७७ सोमबार १८:२६:५५
१० फागुन,दमक । झापाको दमक नगरपालिकाले आफ्नो घरजग्गा नभएका भूमिहीन परिवारलाई एकीकृत नमूना बस्ती निर्माण गरी नयाँ घरमा बसोबास गराउन थालिएको छ । गतवर्ष नगरका भूमिहीनका लागि २३ वटा समान प्रकृतिका घर लक्षित परिवारलाई दिन थालिएको नगरपालिकाले जनाएको छ ।
दमक–१ मा नमूना एकीकृत बस्तीको रूपमा बसोबासको व्यवस्था मिलाउने लक्ष्यअनुसार पहिलो चरणमा ती परिवारका लागि नमूनाबस्ती निर्माण गरिएको नगर प्रमुख रोमथान ओलीले बताएका छन् । नगरपालिकाको स्वामित्वमा रहेको जमीन उपयोगसँगै अतिक्रमण हटाई क्रमिकरूपमा यस प्रकारका बस्ती निर्माण गर्ने योजनाअनुसार नमूनाबस्ती निर्माण गरिएको हो । नगर प्रमुख ओलीका अनुसार सो स्थानमा बसोबासका लागि नगरपालिकाभित्र कम्तीमा १० वर्षदेखि बसोबास गरेको र कहीँ पनि जमीन नभएको परिवार छनोट गरिएको हो ।
यस्तै, दमक– ७ को सुनचाँदीलाइनमा रहेको नगरपालिकाको जमीनमा बसोबास गरेका परिवारलाई पहिलो हकदार बनाइएको थियो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद तिम्सिनाका अनुसार तीन नमूना बस्तीको घरको संरचना आर्कषकसँगै व्यवस्थित रुपले तयार गरिएको छ ।
एक तले पक्की ती घरको छानोमा निलो रङको जस्तापाता लगाइएको छ । प्रत्येक घरमा विद्युत् र खानेपानी र सानो फूलबारीसमेत रहने प्रबन्ध छ । प्रत्येक घरमा आधुनिक तरिकाले बनाइएका दुई कोठा छन् । यसैसँग जोडिएको एउटा भान्छा कोठा छ । प्रत्येक घरमा मार्बल हालेर बनाइएको शौचालय—स्नान कक्ष जस्तै आवश्यक पूर्वाधार निर्माण गरिएको छ । कूल रु तीन करोड ७० लाखमा बस्ती निर्माण गरिएको हो । यसमा तीनै तहका सरकारको लागत सहभागिता छ ।
बस्ती निर्माणमा सङ्घीय सरकारको स्थानीयपूर्वाधार विकास साझेदारी कार्यक्रमको रु एक करोड ४० लाख, प्रदेश सरकारको रु एक करोड ३० लाख र दमक नगरपालिकाको रु एक करोड खर्च भएको नगर उपप्रमुख तथा प्रवक्ता गीता अधिकारीले बताएकी छिन् ।
यसवर्ष फेरि सोही नमूना बस्तीनजिकै वडा नं ७ मा सोही प्रकृतिका दोस्रो नमूनाबस्तीमा १५ घर बनाइएको र ती पनि यस्तै विपन्न नागरिकलाई बसाउने स्थानीय सरकारको योजना छ । ती घर पनि यसैवर्ष नगरका भूमिहीनलाई हस्तान्तरण गरिने योजना रहेको वडाध्यक्ष भीम पौडेल बताउछन् । नमूनाबस्ती घर सङ्घीय निर्वाचन साझेदारी कार्यक्रम र दमक नगरपालिकाको संयुक्त लगानीमा निर्माण भएको हो । साझेदारी कार्याक्रम अन्तर्गत १५ घर बनाउन कूल रु एक करोड ९२ लाख विनियोजन गरिएको थियो जस अनुसार प्रतिघर रु १२ लाख ८६ हजारको लागत रहेको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
गौरादहलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार