सिन्धुली र डोटीबाट हातहतियारसहित २ जना पक्राउ
नेपालबहस संवाददाता
फागुन १०, २०७७ सोमबार १८:४२:१
१० फागुन, काठमाडौं । नेपाल प्रहरीले सिन्धुली र डोटीबाट हातहतियारसहित २ जनालाई पक्राउ गरेको छ । सिन्धुली, मरिण गाउँपालिका-६ प्रतिटोल बस्ने सांगे लामा भन्ने २६ वर्षीय सांगे दोङलाई १ थान कटुवा पेस्तोल सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
सोही गाउँपालिका-६ चंदुरी खोलामा ईलाका प्रहरी कपिलाकोटबाट खटिएको प्रहरीलाई देख्नासाथ भाग्न खोजे पश्चात उनलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा सोही ठाउँस्थित प्रतिटोल जंगलमा लुकाई राखेको अवस्थामा उक्त पेस्तोल फेला पारी उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यस्तै प्रहरीले डोटीको के.आई.सिंह गाउँपालिका-१ गणेशकाँडा बस्ने ३७ वर्षीय दिल बहादुर शाहीलाई १ थान भरुवा बन्दुक सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
सूचनाको आधारमा प्रहरी चौकी बायलबाट खटिएको प्रहरीले उनकै कोठाको लुकाई राखेको अवस्थामा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपखिया लागेको जस्तामुनि मालढुंगाका प्रहरीको बास
चैत १४, २०८० बुधबार
अनलाइन प्रहरी चारित्रिक प्रमाण पत्र दिने सेवा तीन घण्टा अवरुद्ध हुने
चैत १३, २०८० मंगलबार
सहायक निरीक्षकसहित प्रहरीका २३ कर्मचारी सम्पर्कविहीन
चैत १३, २०८० मंगलबार
उत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु
चैत १५, २०८० बिहिबार
बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय थपियो
चैत १५, २०८० बिहिबार
राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा
चैत १५, २०८० बिहिबार
घोप्टेभिरमा सडक ढलान गरिँदै
चैत १५, २०८० बिहिबार
केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउने रिट अदालतद्वारा खारेज
चैत १५, २०८० बिहिबार
लम्साल, शर्मा र पौड्यालमध्ये को होला सचिवमा बढुवा ?
चैत १५, २०८० बिहिबार