शुक्रबार , फागुण २१, २०७७

अस्ट्रेलियामा खोप अभियान शुरु

अस्ट्रेलियामा खोप अभियान शुरु

१० फागुन, क्यान्बेरा । कोरोनाभाइरस फैलिनबाट रोक्ने उद्देश्यले कडा लकडाउन र प्रतिबन्धहरु घोषणा गरेको अस्ट्रेलियामा कोभिड–१९ विरुद्धको खोप औपचारिक रुपमा शुरु भएको छ ।

अस्ट्रेलियामा फाइजर कम्पनीले विकास गरेका हजारौं डोज खोप आइपुगेको छ । प्रधानमन्त्री स्कट मरिसनले आइतबार नै कोभिड–१९ विरुद्धको खोप लगाइसक्नु भएको छ । अस्ट्रेलियाले अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी र वृद्धवृद्धालाई पहिलो चरणमा खोप लगाउने तयारी गरेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

अस्ट्रेलियाको क्यान्बेरास्थित गारान सर्ज सेन्टरमा सोमबार आयोजित विशेष समारोहमा एक २२ वर्षीया नर्सलाई पहिलो खोप दिइएको छ । उक्त समारोहमा अस्ट्रेलियाका स्वास्थ्य मन्त्री ग्रेग हन्ट पनि उपस्थित हुनुहुन्थ्यो । गारान सर्ज सेन्टरमा कोरोनाभाइरसको परीक्षण गर्नुका साथै कोभिड–१९ विरुद्धको खोप दिइने एउटा केन्द्र हो ।

त्यस अवसरमा स्वास्थ्य मन्त्री ग्रेग हन्टले संवाददाताहरुसँग कुरा गर्दै जतिसक्दो चाँडो धेरैभन्दा धेरै अस्ट्रेलियाली नागरिकलाई खोप दिन सरकार प्रयत्नशील रहेको बताउनुभयो ।

दक्षिण अस्ट्रेलिया राज्यको रोयल एडिलेड अस्पताल र फ्लिन्डर्स मेडिकल सेन्टरमा चार हजार डोज खोपको व्यवस्था गरिएको छ । यस राज्यमा पहिलो तीन साताभित्रै करिब १२ हजारलाई खोप दिने तयारी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

एउटै गाउँपालिकाका १२५ कृषक एक लाख पुरस्कारबाट पुरस्कृत एउटै गाउँपालिकाका १२५ कृषक एक लाख पुरस्कारबाट पुरस्कृत १२ घण्टा पहिले
अफगानिस्तानमा २४ घण्टा यता भएका हिंसामा परी ९० जनाको मृत्यु अफगानिस्तानमा २४ घण्टा यता भएका हिंसामा परी ९० जनाको मृत्यु ९ घण्टा पहिले
सरकार हटाउने खेल पार्टीका शीर्ष नेतृत्वले गरे: मन्त्री अर्याल सरकार हटाउने खेल पार्टीका शीर्ष नेतृत्वले गरे: मन्त्री अर्याल १२ घण्टा पहिले
सेवाग्राहीसँग ५० हजार घुस लिएको आरोपमा सवइन्जिनियर पक्राउ सेवाग्राहीसँग ५० हजार घुस लिएको आरोपमा सवइन्जिनियर पक्राउ ६ घण्टा पहिले
आन्तरिक पर्यटकको गन्तव्य बन्दै ढोरपाटन आन्तरिक पर्यटकको गन्तव्य बन्दै ढोरपाटन ८ घण्टा पहिले
प्रभु बैंकद्वारा तालबाराही मन्दिर गुठी ब्यवस्थापन समितिलाई क्यू आर कोड प्रदान प्रभु बैंकद्वारा तालबाराही मन्दिर गुठी ब्यवस्थापन समितिलाई क्यू आर कोड प्रदान ७ घण्टा पहिले
विप्लव नवलपरासीबाट काठमाडौं आउँदै, पहिलो तस्बिर सार्वजनिक विप्लव नवलपरासीबाट काठमाडौं आउँदै, पहिलो तस्बिर सार्वजनिक १२ घण्टा पहिले
नेपालको बिजुली बिक्रीका लागि निजी क्षेत्रलाई अनुमति दिन माग नेपालको बिजुली बिक्रीका लागि निजी क्षेत्रलाई अनुमति दिन माग २४ घण्टा पहिले