नागार्जुनबाट दिउँसै ३ लाखकाे सुनका गहना चोरी
नेपालबहस संवाददाता
फागुन १०, २०७७ सोमबार १९:१४:६
१० फागुन, काठमाडौं । काठमाडौंको नागार्जुनबाट आइतबार दिउँसै सुन र चाँदीका विभिन्न गहना चोरी भएको नेपाल प्रहरीले जनाएको छ ।
नागार्जुन नगरपालिका-२ देवनगर डेरा गरी बस्ने गुल्मी घर भएकी ३२ वर्षीया अनिता खत्रीको कोठाबाट नगद २० हजार रुपैयाँ र सुनका विभिन्न गहना समेत गरी करिब ३ लाख ४४ हजार रुपैयाँ बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको हो ।
यस्तै प्रहरीका अनुसार काठमाडौं महानरगपालिका-२६ म्हैपी देबुमार्ग डेरा गरी बस्ने तेह्रथुम नामलुङ नगरपालिका-४ घर भएका ४१ वर्षीय दुख बहादुर बुढाथोकीको कोठाबाट नगद ८० हजार रुपैयाँ तथा सुन र चाँदीका विभिन्न गहना समेत गरी करिब ३ लाख ५८ हजार रुपैयाँ बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको छ ।
चोरीमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानिय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपखिया लागेको जस्तामुनि मालढुंगाका प्रहरीको बास
चैत १४, २०८० बुधबार
अनलाइन प्रहरी चारित्रिक प्रमाण पत्र दिने सेवा तीन घण्टा अवरुद्ध हुने
चैत १३, २०८० मंगलबार
सहायक निरीक्षकसहित प्रहरीका २३ कर्मचारी सम्पर्कविहीन
चैत १३, २०८० मंगलबार
नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको सिरिजको नयाँ तालिका सार्वजनिक
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुने वाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सौराहाको रोजगारी र आयको मुख्य स्रोत पर्यापर्यटन
चैत १५, २०८० बिहिबार
उत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु
चैत १५, २०८० बिहिबार
बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय थपियो
चैत १५, २०८० बिहिबार
राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा
चैत १५, २०८० बिहिबार