चुनाव कि पुनस्थापना ? ग्राण्ड डिजाइन नै हाे त ?
कुसुम सेञ्चुरी
फागुन १०, २०७७ सोमबार १९:५९:३
१० फागुन, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरुद्ध सर्वाेच्च अदालतमा परेको रिट निवेदनको सुनुवाई आजबाट औपचारिक रुपमै पूरा भएको छ । सरकारी पक्षले आज बेञ्चसमक्ष बहस नोट बुझाएपछि कुनैपनि क्षण यसको फैसला आउन सक्छ । फैसला कस्तो आउला त ? धेरैको अनुमान छ–प्रतिनिधिसभा पुनस्थापना हुन्छ ।
अस्ती शनिबार प्रधानमन्त्री ओलीले गरेको भाषणपछि पुनस्थापना हुने सम्भावना बढेको ठान्नेहरु धेरै छन् । किनभने प्रधानमन्त्री जस्तो मानिसले नै पुनस्थापना भए आन्दोनल गर्ने धम्की दिएका छन् । केही न केही सुइँको पाएरै हुनुपर्छ ओलीले यस्तो अभिव्यक्ति दिएको भन्ने धारणा धेरैले राखेका छन् ।
तर ओलीको बोलीलाई मात्रै आधार बनाएर एउटा धारणा बनाउनु अलि हतारै हुनसक्छ । किनभने ओलीले गरेको विघटनलाई ठूलै षडयन्त्रको श्रृँखलाका रुपमा लिनेहरु पनि छन् । ग्राण्ड डिजाइन अन्तर्गत गरिएको भए सदर हुने सम्भावना पनि छ । त्यसैले रामचन्द्र पौडेलले गरेको ठोकूवा र ओलीको धम्कीबीच कुनै सम्बन्ध छ/ छैन त्यसको छिनोफानो अबको केही दिनमै हुनेछ ।
त्यसैले देउवा भने पुनस्थापना भन्दा चुनावमै जान सक्दा लामो समयका लागि कांग्रेस सत्तामा रहन सक्ने अवस्था निर्माण हुने तर्क गरिरहेका छन् । उनी निकटहरुलाई भन्ने गर्छन्–पुनस्थापना भयो भने कांग्रेस तेस्रो शक्तिमा रुपान्तरित हुनेछ । साथै, कुनैपनि बेला दुबै कम्युनिष्टहरु फेरि एकीकृत हुनसक्ने सम्भावना समेत रहनेछ । त्यसैले चुनावले मात्रै नेकपालाई स्थायी रुपमा विभाजित बनाउने छ ।
पुनस्थापना भएपनि नभएपनि अब देश अस्थिरतातर्फ लम्किएकै हो । किनभने जस्तोसुकै अवस्थामा पनि अब देशको राजनीतिक परिदृश्य फरक हुनेवाला छ । त्यसैले अबको परिघटनालाई दुबै कोणबाट विश्लेषण गर्न सकिन्छ । मानौं पुनस्थापना भयो भने के होला ? गठबन्धन सरकार बन्ला त ? कांग्रेसको पौडेल पक्ष र नेकपा प्रचण्ड–माधव पक्ष भन्छ – गठबन्धन बनाएर ओली सरकारलाई बिदावारी गर्नुपर्छ ।
त्यसका लागि कांग्रेसलाई नै प्रधानमन्त्री दिन तयार रहेको प्रचण्डले बताइसकेका छन् । अर्कातिर ओली पक्षले पनि यस्तो अवस्था आयो भने देउवालाई प्रधानमन्त्री बनाएरै भएपनि प्रचण्ड–माधव पक्षलाई धुलोपिठो बनाउने चाहना छ । देउवा स्वयं यही चाहन्छन् । उनी प्रचण्ड–माधव पक्ष भन्दा ओलीसँगको गठबन्धन नै कांग्रेसका लागि लाभदायक हुने ठान्छन् । जबकी पौडेल र कृष्णप्रसाद सिटौला पक्ष भने ओलीसँग कुनै हालतमा पनि गठबन्धन गर्न नहुने पक्षमा अडिग छन् ।
यसरी कांग्रेस भित्रको दुईलाइन द्वन्द्वले ठूलै चिरा पर्ने अवस्थासमेत आउन सक्ने देखिएको छ । त्यसैले देउवा भने पुनस्थापना भन्दा चुनावमै जान सक्दा लामो समयका लागि कांग्रेस सत्तामा रहन सक्ने अवस्था निर्माण हुने तर्क गरिरहेका छन् । उनी निकटहरुलाई भन्ने गर्छन्–पुनस्थापना भयो भने कांग्रेस तेस्रो शक्तिमा रुपान्तरित हुनेछ । साथै, कुनैपनि बेला दुबै कम्युनिष्टहरु फेरि एकीकृत हुनसक्ने सम्भावना समेत रहनेछ । त्यसैले चुनावले मात्रै नेकपालाई स्थायी रुपमा विभाजित बनाउने छ ।
चुनाव भएपनि वा पुनस्थापना भएपनि राजनीतिक रुपमा नेपाल फेरि द्वन्द्वमै अग्रसर भइसकेको छ । त्यसलाई जोगाउन अब कसैले सक्नेवाला छैन । अबको राजनीतिक परिदृश्य नै बढो खतरनाक देखिएको छ । नेपाली कांग्रेसले चुनाव होला र बहुमत ल्याउँला भन्ने कल्पना गर्नु राजनीतिक मूर्खता पनि हुन सक्छ ।
अर्कातिर चुनाव हुँदाका अवस्थालाई राम्ररी चिरफार गरौं । चुनाव हुँदा कांग्रेस सभापतिले भनेजस्तो सबै ठाउँमा फाइदा हुने अनुमान गलत सावित हुन सक्छ । किनभने ओली र प्रचण्ड–माधव पक्षबीचको तिक्तता कार्यकर्ता तहबाट कम गर्ने पहल नहोला भन्न सकिन्न । सबैभन्दा गाह्रो अवस्था त निर्वाचन आयोगले नै बनाउने अवस्था छ । किनभने आयोगको मन ओलीतिर छ, तर सबूद प्रमाण अर्कातिर फर्किएको छ । त्यसैले आयोगले पार्टीको आधिकारिकता र चुनाव चिह्न फ्रिज गर्न सक्छ । कदाचित अदालतले विघटन सदर गर्ने र आयोगले ओली र प्रचण्ड नेतृत्वकै नेकपालाई आधिकारिक भन्न छाडेन भने फेरि पनि ओलीकै हालीमुहाली हुने छ ।
ओलीले चाहेका मानिस नै पार्टीको आधिकारिक उमेदवार हुने स्थिति हुनसक्छ । जसले गर्दा कांग्रेसले चाहेको जस्तो वातावरण नबन्न सक्छ । किनभने ओली नेतृत्वको चुनाव प्रचण्ड र माधव नेपालले लड्ने कुरै भएन । त्यसले राजनीतिक द्वन्द्व खडा गर्ने छ र फेरि सडक आन्दोलनले देश खरानी बन्ने अवस्था आउने छ । त्यो स्थितिमा कांग्रेस सबैभन्दा बढी क्षतिग्रस्त हुने अवस्थामा पुग्ने छ ।
निर्वाचन गर्ने भन्ने कुरा ओलीको रहर हैन । किनभने उनले अहिलेको हैसियत कम्तिमा अबको चुनावमा प्राप्त गर्न सक्दैनन् । विभाजित पार्टीको नेतृत्वमा हुने निर्वाचन जित्ने कुरा पत्यारिलो होइन । साथै त्यो अवस्था आउला भन्ने कल्पना कांग्रेस नेतृत्वले गर्न सकेको देखिंदैन । केवल निर्वाचन हुने र विभाजित नेकपाको राजनीतिक लाभ उठाउन पाइने कल्पनामै देउवाको सपना रहेको बुझ्न सकिन्छ ।
यसरी हेर्दा अबको बाटो सहज छैन । चुनाव भएपनि वा पुनस्थापना भएपनि राजनीतिक रुपमा नेपाल फेरि द्वन्द्वमै अग्रसर भइसकेको छ । त्यसलाई जोगाउन अब कसैले सक्नेवाला छैन । अबको राजनीतिक परिदृश्य नै बढो खतरनाक देखिएको छ । नेपाली कांग्रेसले चुनाव होला र बहुमत ल्याउँला भन्ने कल्पना गर्नु राजनीतिक मूर्खता पनि हुन सक्छ ।
बरु दुई विकल्पमा कुन चाहिं न्यून क्षति हुने हो त्यसैमा जाने पहल गर्नु उचित हो । अहिलेलाई हेर्दा चुनावको गुलियोमा भुल्नु भन्दा पुनस्थापनापछिको अस्थिरतामा रुमल्लिनु चाहिं कम क्षति पुग्ने विकल्प हुने देखिएको छ । त्यसैले थोरै क्षति पुग्ने विकल्पतिर ढल्कँदा कांग्रेस र प्रजातन्त्र बलियो हुने अनुमान गर्न सकिन्छ ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपसत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
मुख्यमन्त्री कार्कीसँग बहुमत नरहेको पत्र प्रदेश प्रमुखलाई पठाइयो
बैशाख १३, २०८१ बिहिबार
जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक
बैशाख १३, २०८१ बिहिबार
कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत
बैशाख १३, २०८१ बिहिबार
भीम रावलको घुम्तीः न घर फर्किन मिल्ने, न घाट जान
बैशाख १३, २०८१ बिहिबार
मन्त्रिपरिषदमा छिर्यो सहकारी ठगीको विषय, फाष्ट ट्रयाकबाट कानुन बनाउने
बैशाख १३, २०८१ बिहिबार
डढेलोले पाइप जल्यो, खानेपानीको समस्या
बैशाख १३, २०८१ बिहिबार