सोमबार , फागुण २४, २०७७

सात वर्षमा पनि सम्पन्न हुन सकेन चनौली शीत भण्डार

सात वर्षमा पनि सम्पन्न हुन सकेन चनौली शीत भण्डार

१० फागुन,भरतपुर । चितवनको भरतपुर महानगरपालिका–१८ मा निर्माणाधीन चनौली शीत भण्डार सात वर्षमा पनि सम्पन्न हुनसकेको छैन ।कृषि उत्पादन फलफूल, दुग्ध र मासुजन्य पदार्थको सुरक्षित भण्डारण गर्न २०७० वैशाख २७ मा निर्माण शुरु भएको शीत भण्डार अझै सम्पन्न हुन नसकेको हो । यान्त्रिक उपकरण जडान गरी २०७५ सालभित्रमा शीत भण्डार सञ्चालन गर्ने लक्ष्य राखिए पनि तोकिएको समयमा काम हुनसकेन । अहिले भवन निर्माणको काम सकेर यान्त्रिक उपकरण जडानको काम भइरहेको छ ।

बाढिपहिरो, भूकम्प, नाकाबन्दी, ठेकदार कम्पनीको ढिलासुस्तीलगायतका कारणले निर्माणमा ढिलाइ भएको चनौली शीत भण्डार सहकारी संस्था लिमिटेडका अध्यक्ष सूर्यमणि पौडेलले बताएका छन् । पछिल्लो समय कोरोनाका कारण एक वर्ष काम हुन नसकेको उनले बताए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

आगामी वर्षको असोजमा जसरी पनि सञ्चालन गर्ने गरी काम भइरहेको पौडेलले जानकारी दिएका छन् । भवन निर्माणसम्बन्धी काम एक वर्षअघि नै सकिएको उनले बताएका छन् । २०७७ चैतमा मेसिनरी जडानको काम सक्ने गरी २०७६ असार २३ मा ठेक्का सम्झौता गरिएको थियो । मेसिनरीको काम ठेकेदारले समयमा सक्ने सङ्केत देखिएको पौडेलले बताए ।

तर, ट्रान्सफर्मरका कारण सञ्चालनमा ढिला हुनसक्ने उनको भनाइ छ । ऊर्जा मन्त्रालयमा ट्रान्सफर्मर अनुदानमा उपलब्ध गराउन माग गरिएको जनाउँदै पौडेलले चैतसम्ममा ट्रान्सफर्मर आएमा आगामी असोजमा सञ्चालन गर्न सकिने बताएका छन् ।

यस परियोजनाले सिजनमा उत्पादन भएका विभिन्न फलफूल तथा तरकारी अफ सिजनमा बिक्री गर्ने छ । परियोजनाले अतिरिक्त आम्दानीको लागि आइस तथा सोसँग सम्बन्धित उत्पादन गरी बिक्री वितरण गर्ने छ । करीब रु १५ करोडको लगानीमा निर्माण भइरहेको सो भण्डारको क्षमता करीब दुई हजार ५०० मेट्रिक टन रहने छ । लिफ्टसहित शीत भण्डार पाँच तले हुनेछ । सबै तलामा सबै प्रकारका तरकारी तथा फलफूल भण्डारण गर्न सकिन्छ । शीत भण्डार रहने भवन अघिको प्रशासनिक काम हुने भवनको अण्डर ग्राउण्डमा मासुजन्य पदार्थ भण्डार गर्ने सोच भए पनि त्यसबारे ठोस् निर्णय भइनसकेको पौडेलले जानकारी दिएका छन् ।

उक्त स्थानको क्षमता करीब तीन सय टन छ । चनौलीमा शीत भण्डार सञ्चालन गर्ने निर्णय अनुसार विसं २०६९ असार २४ मा चितवन चनौली शीत भण्डार सहकारी संस्था लिमिटेड दर्ता गरिएको थियो । सार्वजनिक निजी सझेदारी अन्तर्गत निर्माण गर्ने गरी सरकार र सहकारी तथा किसानले संयुक्त लगानी गरेका हुन् ।

शेयर, पूँजी समयमा जुटाउन नसक्नु नै निर्माण कार्यमा ढिलाइ हुनुको प्रमुख कारण भएको अध्यक्ष पौडेलले बताए । मध्यमाञ्चल विकास कार्यक्रमअन्तर्गत स्थापना शुरु गरिएको शीत भण्डार हाल प्रदेश सरकार सहकारी विभाग मातहत छ । सार्वजनिक निजी सझेदारीअन्तर्गत निर्माण गर्ने गरी शीत भण्डारको सिभिल सम्बन्धी काममा ५० प्रतिशत सरकारको र ५० प्रतिशत सहकारी संस्था एवं किसानको लगानी छ ।

मेसिनरीमा भने सरकारको ६० प्रतिशत र किसानको ४० प्रतिशत हुनेछ । सहकारीले ऋण लिएर लगानी गरेको हुँदा उक्त ऋणको ब्याजले गर्दा लगानी अझै बढ्नसक्ने सङ्केत देखिएको पौडेल बताउछन् । शीत भण्डारमा चितवनका ४४ सहकारीको लगानी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेपालले प्राप्त गर्ने कोभ्याक्स सुविधाको पहिलो खोप काठमाडौं आइपुग्याे नेपालले प्राप्त गर्ने कोभ्याक्स सुविधाको पहिलो खोप काठमाडौं आइपुग्याे १३ घण्टा पहिले
५० विद्यार्थीलाई प्रभु बैंकले दियो बैंकिङ साक्षरता तालिम ५० विद्यार्थीलाई प्रभु बैंकले दियो बैंकिङ साक्षरता तालिम ८ घण्टा पहिले
नेपालले पाएको कोभिड भ्याक्सिन आज आउँदै नेपालले पाएको कोभिड भ्याक्सिन आज आउँदै १६ घण्टा पहिले
प्रचण्ड–माधवले भेटे सभामुख प्रचण्ड–माधवले भेटे सभामुख १४ घण्टा पहिले
टी २० क्रिकेटः अस्ट्रेलियाविरुद्धको शृंखला न्यूजील्यान्डले जित्यो, गुपटेलले गरे उत्कृष्ट ब्याटिङ टी २० क्रिकेटः अस्ट्रेलियाविरुद्धको शृंखला न्यूजील्यान्डले जित्यो, गुपटेलले गरे उत्कृष्ट ब्याटिङ १३ घण्टा पहिले
त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी, युवा नेता भण्डारीद्धारा अनशनको नयाँ चरण उद्घाटन त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी, युवा नेता भण्डारीद्धारा अनशनको नयाँ चरण उद्घाटन ६ घण्टा पहिले
मोटरसाइकलकाे ठक्करबाट वृद्धको मृत्यु, चालक नियन्त्रणमा मोटरसाइकलकाे ठक्करबाट वृद्धको मृत्यु, चालक नियन्त्रणमा १२ घण्टा पहिले
शताब्दी पुरुष सत्यमोहनबाट डीपीको पुस्तक ‘अन्तर्मनका सुसेली’ र गीत ‘क्षितिजपारी’ सार्वजनिक शताब्दी पुरुष सत्यमोहनबाट डीपीको पुस्तक ‘अन्तर्मनका सुसेली’ र गीत ‘क्षितिजपारी’ सार्वजनिक १४ घण्टा पहिले