शुक्रबार , फागुण २१, २०७७

आफ्नै भवनबाट सेवा दिदै मुगुम कार्मारोङ गाउँपालिका

आफ्नै भवनबाट सेवा दिदै मुगुम कार्मारोङ गाउँपालिका

१० फागुन,मुगु । एक नगरपालिका र तीन गाउँपालिका रहेको हिमाली जिल्ला मुगुमा एक गाउँ पालिकाले आफ्नै प्रशासनिक भवन बनाएर सेवा सुविधा दिन शुरु गरेको छ । मुगुम कार्मारोङ गाउँपालिकाले आफ्नै प्रशासनिक भवन निमार्ण सम्पन्न गरेर शनिबारबाट पालिकाबाट प्रदान हुँदै आएका सेवा नयाँ प्रशासनिक भवनबाट दिन शुरु गरेको हो ।

अन्य पालिका केन्द्रमा भाडामा घर लिएर चलिरहेका बेला यो गाउँपालिकाले भने आफ्नै भवन बनाएर सेवा दिन शुरु गरेको हो । भवन निर्माण गर्न गत वर्षको गाउँसभाबाट रु ८१ लाख बजेट विनियोजन गरिएको थियो । ८१ लाख गाउँपालिकाको र १८ लाख जनश्रमदान गरी कूल ९९ लाखमा एक तालीम हल र २३ वटा गाउँपालिकाभित्र रहेका विषयगत शाखाका कार्यालय सञ्चालन, अतिथि गृहसहितको सेवा रहने गरी निर्माण गरेको प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले जानकारी दिएका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

भवनसँगै गाँउपालिकाबाट प्रवाह भइरहेका, हुने गतिविधि तथा क्रियाकलापको जानकारी सर्वसाधारणले सहजै पाउन भनेर डिजिटल सूचना पाटी राखिएको र विद्युतीय हाजिरी प्रयोगमा ल्याउन लागेको पनि प्रमुख कठायतले बताएका छन् ।

त्यसैगरी जिल्लाका अन्य तीन स्थानीय तहको आफ्नै प्रशासनिक भवन बनाउने प्रक्रियामै छन् । खत्याड गाउँपालिकाले रामतडी बजारमा गाउँपालिकाको केन्द्र तोकी कार्यालय भवन बनाउँदै छ भने जिल्लाको एक मात्र छायानाथ रारा नगरपालिकाले जिल्ला सदरमुकाम गमगढी बजारसँगै जोडिएको कैल्यावाडा भन्ने स्थानमा ४१४९।१९ वर्गमिटर जग्गा अधिकरण गरी मुआब्जा वितरणका लागि गत २ गते जिल्ला प्रशासन कार्यालय मुगुमार्फत सूचना प्रकाशित गरिसकेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय