सोमबार , फागुण २४, २०७७

विप्लव समूहमाथिको प्रतिबन्ध हट्दै

विप्लव समूहमाथिको प्रतिबन्ध हट्दै

१० फागुन, काठमाडाैं ।  नेकपाको राजनीतिक विभाजनपछि सत्ता रहेपनि संगठनमा कमजोर देखिएका प्रधानमन्त्री केपी ओली विस्तारै संगठन विस्तारका लागि अगाडि बढेका छन् । यस प्रयोजनका लागि ओलीले प्रचण्ड–माधव समूहलाई कमजोर बनाउने गरी संगठन विस्तारको रणनीति बनाएका हुन् ।

यसक्रममा ओलीले विगतमा पुष्पकमल दाहाल ‘प्रचण्ड’का सहयात्रीका रुपमा रहेका नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई आफूतिर तान्न सक्दो प्रयत्न गरिरहेका छन् । विप्लब समूहलाई आफूसँगै चुनावी गठबन्धनमा लैजाने अभिप्रायले उनको प्रयास घनिभूत भएको छ । यो कामका लागि ओलीले पूर्व माओवादी पक्षकै नेता एवं खानेपानी मन्त्री मणिचन्द्र थापालाई प्रयोग गरेका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

मन्त्री थापाले विप्लव समूहका उच्च नेता हेमन्तप्रकाश वली ‘सुदर्शन’मार्फत छलफल गरेका थिए । छलफल सकारात्मक भएपछि सरकारले विप्लव समूहमाथि लागेको प्रतिवन्ध फुकुवा गर्ने तयारी थालेको छ । हिजै मात्र ओलीका विशेष दूतका रुपमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विप्लवका विश्वासपात्र चिरन पुन मगरसँग वार्ता गरेको स्रोतले दावी गरेको छ ।

मन्त्री थापाले सुदर्शनसँग गरेको छलफलले वार्ताको आधार तयार गरेपनि ठोस रुपमै गर्न भने प्रधानमन्त्री ओलीकै खास दूत चाहिने माग विप्लव समूहले गरेको थियो । सोही बमोजिम मन्त्री ज्ञवालीले मगरसँग हिजो भेट गरेका हुन् । मन्त्री ज्ञवालीले हिजो गरेको भेटमा विप्लव समूहले वार्ता गर्न आफूहरु तयार रहेको तर केही पूर्व सर्तहरु पूरा हुनुपर्ने माग गरेको स्रोतले बतायो ।

जसमा प्रतिबन्ध हटाइनुपर्ने, पक्राउ परेका नेता कार्यकर्ता रिहा हुनुपर्ने र मुद्धा फिर्ता लिनुपर्ने माग राखिएको थियो । यति पूरा भएपछि मात्रै वार्ताको वातावरण बन्छ भन्दै मन्त्री ज्ञवालीसमक्ष सर्त राखिएको विप्लव समूहले पुष्टी गरेको छ । सोही बमोजिम सरकारले आज साँझ मन्त्रिपरिषद बैठक डाकेर प्रतिबन्ध फिर्ता गर्ने लगायत माग पूरा गर्ने भएको छ ।

प्रधानमन्त्री काठमाडौं बाहिर गएकाले फर्किएपछि समय मिलाएर क्याबिनेट बैठक डाक्ने जानकारी प्रधानमन्त्रीका सचिवालयले सबै मन्त्रीहरुलाई दिएको थाहा भएको छ । प्रधानमन्त्री ओली आज कञ्चनपुर गएका छन् । ओली सरकारले २०७५ फागुन २८ मा विप्लवमाथि प्रतिबन्ध लगाएको थियो । प्रतिबन्ध हटाएपछि सरकारका तर्फबाट वार्ता समिति बनाइने बुझिएको छ ।

विप्लव समूहलाई मूलधारको राजनीतिमा ल्याउन सक्दा त्यसको राजनीतिक लाभ ओलीलाई हुने अनुमान गरिएको छ । साथै, यसले प्रचण्डलाई समेत राजनीतिक क्षति पुग्ने ओली पक्षको बुझाई छ । वालुवाटार निकट स्रोत भन्छ–संभवतः महासचिव विष्णु पौडेल नेतृत्वमा सरकारी वार्ता टोली बन्नेछ । जसमा पूर्व माओवादी नेताहरु लेखराज भट्ट र मणि थापा रहने छन् ।

यो वार्ता कमिटीले सकारात्मक वातावरण तयार ग¥यो भने प्रधानमन्त्री ओली आफैं विप्लवसँग संवाद गर्ने पक्षमा रहेका छन् । विप्लवले समेत त्यही चाहेका छन् । उनले ओलीसँग बसेर वार्ता र सहमति गर्ने संकेत गरेको स्रोतको दाबी छ । अनौपचारिक रुपमा भएको छलफलमा चुनाव गठबन्धन बनाएर मन्त्रिमण्डलमै सामेल गर्ने ओलीको चाहना रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय