शुक्रबार , फागुण १४, २०७७

कुमारी बैंकका कार्डबाहकलाई वर्गरहाउसमा छुट

कुमारी बैंकका कार्डबाहकलाई वर्गरहाउसमा छुट

१० फागुन, काठमाडौं । कुमारी बैंक लिमिटेड र चाँदनी चोक, बनेपास्थित द बर्गर हाउस एण्ड क्रन्ची फ्राईड चिकेनबीच सम्झौता भएको छ । वर्गर हाउसबाट प्रदान गरिने सेवाहरुमा कुमारी बैंकका डेबिट/क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो ।

सम्झौता पत्रमा कुमारी बैंक लि.,बनेपा शाखाकी शाखा प्रबन्धक नविना वैद्य र द बर्गर हाउसका प्रोप्राइटर अर्जुन तामाङले हस्ताक्षर गरेका छन् । सो सहकार्य पश्चात् कुमारी बैंकका ग्राहकवर्गले बनेपास्थित द बर्गर हाउस एण्ड क्रन्ची फ्राईड चिकेनका विभिन्न आउटलेट तथा खानपिनमा ८% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

जिन्दगीको निरन्तर भागदौडमा थकित तन र मनलाई सक्रिय राख्न लगायत शारीरिक स्फूर्ति एवं मानसिक उर्जा र सचेतना पूर्णजागरणका लागी विश्राम अत्यावश्यक रहेको छ । सोही कुरालाई मध्यनजर गर्दै, कुमारी बैंकले आफ्ना ग्राहकहरूलाई यस सहकार्यमार्फत द बर्गर हाउसका विभिन्न सेवाहरुमा बैंकका डेबिट/क्रेडिट कार्डबाहकहरुलाई आकर्षक छुटको व्यवस्था गरेको हो ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९२ शाखा सञ्जाल, १६२ एटीएम, २२ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएको र आगामी दिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय