मंगलबार , फागुण १८, २०७७

एक सातादेखि बन्द तातोपानी नाका पुनः सञ्चालन

एक सातादेखि बन्द तातोपानी नाका पुनः सञ्चालन

१० फागुन, काठमाडौं । तातोपानी नाका १० दिनपछि पुनः सञ्चालनमा आएको छ । चिनियाँहरुको ल्होसार बिदा सकिएपछि सोमबारबाट तातोपानी नाका पुनः सञ्चालनमा आएको हो । एक सातादेखि बन्द नाका खुलेसँगै अब व्यवसायीहरुले चाहेजति सामान तातोपानी नाकाबाट भित्र्याउन सक्ने तातोपानी भन्सार कार्यालयले जनाएको छ ।

सोमबारबाट खुलेको नाकाबाट ८ वटा कन्टेनर नेपाली व्यवसायीको सामान लिएर आउँदै गरेको तातोपानी भन्सार कार्यालयले जनाएकाे छ । नेपाली व्यवसायीले चाहेजति सामान तातोपानी नाका भएर भित्र्याउन सक्ने भएका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

यता माघ २९ गतेदेखि ल्होसार कै कारण बन्द रहेको रसुवागढी नाका भने अझै खुल्ने निश्चित भएको छैन् । अनौपचारिक कुराकानीमा चिनियाँ पक्षले यही मंगलबारदेखि नाका खुल्ने बताए पनि त्यसपछि थप सूचना नआएको रसुवागढी भन्सार प्रमुख रामप्रसाद रेग्मीले बताए ।

अब खुल्दा नाकाबाट हुने ब्यापार कस्तो हुन्छ भन्ने विषयमा पनि चिनियाँहरुले कुनै जानकारी गराएका छैनन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय