बुधबार , फागुण १९, २०७७

घरदैलोमा अण्डा पुर्याउदै किसान दाना उद्योग

घरदैलोमा अण्डा पुर्याउदै किसान दाना उद्योग

१० फागुन,चितवन । चितवनको किसान दाना उद्योग प्रालिले सङ्कलन गरेको अण्डा घरदैलोसम्म पु¥याउन थालेको छ । कृषकलाई दाना बिक्री गरेर अण्डा उठाउने उद्देश्यले स्थापना भएको सो उद्योगले देशका प्रमुख शहरमा घरदैलोसम्म नै अण्डा पु¥याउन थालेको हो ।

उद्योगका कार्यकारी निर्देशक विनोद पोख्रेलका अनुसार देशभर ३० भन्दाबढी बिक्री केन्द्रमार्फत घरदैलोका किराना पसलसम्म अण्डा पु¥याउने लक्ष्य लिइएको छ । हालसम्म पाँच बिक्री केन्द्रमार्फत अण्डा बिक्री गरिँदै आएको छ । सोही उद्योगकोसमेत लगानी रहेको नवलपरासीको विनयीत्रिवेणी गाउँपालिका वडा नं ३ मा रहेको दाउन्ने एग्रो फार्ममा दैनिक ८०० पेटी अण्डा सङ्कलन हुने गर्दछ । यसैगरी उद्योगबाट दाना किन्ने किसानबाट दैनिक ९५० पेटी अण्डा सङ्कलन हुने गर्दछ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

सङ्कलन भएका अण्डा उपभोक्ताका घरदैलोमा पु¥याउने लक्ष्यका साथ काम अघि बढाएको उनले बताए । उनले सोझै घरदैलोसम्म अण्डा पु¥याउँदा उपभोक्ताले सस्तोमा अण्डा पाउने बताएका छन् । हाल उद्योगले सुर्खेतको सनिहिल लाइन, काठमाडौँको पेप्सीकोला, जोरपार्टी, नयाँ बजार र नक्सालमा बिक्री केन्द्र खोलेको छ । ती केन्द्रमार्फत घरदैलोमा अण्डा पु¥याउने गरिन्छ । बाह्र वटा साना सवारी साधनले अण्डा ओसार्ने गरेको उनको भनाइ छ । छिट्टै इटहरी र वर्दिबासमा केन्द्र खोलिँदै छ ।

उनले भने, “स्वच्छ, सफा र ताजा अण्डा सर्वसुलभ दररेटमा उपभोक्तासम्म पु¥याउने हाम्रो लक्ष्य हो ।” नेपालमा नै सबैभन्दा बढी अण्डा सङ्कलन गर्ने यस उद्योगले काठमाडौँसँगै नेपालगञ्ज, जनकपुर, सुर्खेत, धनगढी, इटहरी, बुटवल, नेपालगञ्ज जस्ता प्रमुख शहरमा अण्डा बिक्री गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय