मंगलबार , फागुण १८, २०७७

अदालतलाई धम्क्याएको छैनः ओली

अदालतलाई धम्क्याएको छैनः ओली

१० फागुन, काठमाडाैं ।   प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा पुनस्थापना भए देश फेरि राजनीतिक रुपमा अस्थिर र विकृत्त बन्ने चेतावनी दिएका छन् । कञ्चनपुरको दैजीमा अवस्थित छेला औद्योगिक क्षेत्रको आज शिलन्यास गर्दै उनले भने–देश र जनता सम्पूर्ण रुपले निर्वाचन उन्मुख भइसकेकाले फेरि अस्थिरता र खरिदविक्रीमा अल्झने अवस्था आवश्यक छैन ।

पुनस्थापना भए के हुन्छ ? फेरि नयाँ प्रधानमन्त्री खोज्दै हिंड्नुपर्ने हुन्छ– उनले प्रश्न गरे –भागबण्डा र लेनदेनको युग फेरि दोहरिन दिने ?
तर पुनस्थापना भयो भने पनि आफ्नो राजनीति नसकिने दाबी उनले गरे । कतिपयले हल्ला गरेको सुन्छु–पुनस्थापना भयो भने त ओलीको राजनीति नै सकिन्छ भनेको । तर म भन्छु ओलीको राजनीति ओलीले नै गरेको हो , जनतासँगको सम्बन्ध स्थापना गरेको छु , शक्ति केन्द्रको आडमा मैले राजनीति गरेको होइन ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

त्यसैले आफूलाई जस्तो सुकै अवस्थामा पनि जनताको सेवा गर्ने अवसरबाट कसैले हल्लाउन नसक्ने उनको दावी थियो । आफू शक्ति पृथकीकरणको पक्षमा रहेको दोह¥याउँदै प्रधानमन्त्री ओलीले लोकतन्त्रमा सबै अंगको अधिकार र सीमा कानूनले निर्धारण गरेको हुन्छ, त्यसैले आफूले स्वतन्त्र न्यायलयको बारेमा कुनै टिप्पणी गर्न नचाहेको प्रष्ट गरे ।

मैले अस्ती विराटनगरमा बोलेको विषयलाई कतिपयले अदालतलाई धम्की दिएको अर्थमा बुझेछन् भन्दै प्रधानमन्त्री ओलीले थपे– त्यसो होइन,मैले भनेको आन्दोलन नाराजुलुस होइन, लोकतन्त्रलाई बलियो बनाउनेलगातय सामाजिक आन्दोलन निरन्तर चलिरहन्छ भनेको थिएँ । तर कतिपयलाई धम्कीको धङधङीले छोएछ । म लोकतन्त्रमा विश्वास गर्ने मानिस किन स्वतन्त्र न्यायलयलाई धम्क्याउने ? बरु उनीहरु चाहिं धम्क्याउँदै छन् ।

तर अदालतले गर्ने निर्णय नै अन्तिम नहुने उनको तर्क थियो । प्रधानमन्त्री ओलीले भने–त्यसैले त मानिस चित्त नबुझ्दा अदालतको फैसला उपर पुनरावेदन गर्न जान्छन् । हामी पनि चित्त बुझेन भने जनता समक्ष पुनरावेदन गर्न जानेछौं ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय