
१० फागुन, काठमाडौं । नेपालमा सोमबार थप १ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ३ हजार ६ सय ८१ जनामा कोरोना परीक्षण गर्दा १ सय २५ जनामा कोरोना पुष्टि भएको हो ।
योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७३ हजार ५ सय ५६ पुगेको मन्त्रालयले जनाएकाे छ । यस्तै पछिल्लो २४ घन्टामा ९० जना निको भएर घर फर्किएकाे मन्त्रालयले जनाएकाे छ ।
योसहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या दुई लाख ६९ हजार ९६६ पुगेको छ।
प्रतिक्रिया