
१० फागुन, काठमाडौं । विप्लव नेता धर्मेन्द्र बाँस्तोला फेरि पक्राउ परेका छन् । सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएलगत्तै प्रहरीले उनलाई अदालत कै गेटबाट पक्राउ गरेको हो । न्यायाधीश मीरा खड्का र सुष्मालता माथेमाको इजलासले उनलाई रिहा गर्ने आदेश दिएको थियो ।
सोमबार अपराह्न बाँस्तोलालाई पक्राउ गरी महानगरीय प्रहरी परिसर ल्याइएको छ। काभ्रेमा बाँस्तोलामाथि मुद्दा रहेकाले पक्राउ गरी उतै पठाउने तयारी रहेको प्रहरीले जनाएको छ ।
बाँस्तोलालाई केही समयअघि ललितपुर परिसरले पक्राउ गरेको थियो। उनलाई बिनाकारण थुनामा राखिएको भन्दै अनिमा बाँस्तोला भण्डारीले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।
प्रतिक्रिया