सुनवलमा ज्येष्ठ नागरिक दिवा सेवा अक्षयकोष स्थापना
नेपालबहस संवाददाता
फागुन १०, २०७७ सोमबार २३:३१:१९
१० फागुन,परासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवलमा ज्येष्ठ नागरिक दिवा सेवा कार्यक्रम सञ्चालनार्थ अक्षयकोषको शुभारम्भ भएको छ । सुनवल नगरपालिका–४ स्थित कैलाशेश्वर शिवालय तथा १०८ शिवलिङ्ग संरक्षण संस्थाद्वारा आज आयोजित समारोहमा संस्थाले स्थापना गरेको रु २५ लाखको अक्षयकोषको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले शुभारम्भ गरेका हुन् ।
सो अवसरमा मन्त्री त्रिपाठीले तीव्र विकास र व्यस्त जीवनशैलीले आमाबुबा र छोराछोरीबीचको सम्बन्ध टाढा हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । यो समस्या सामाजिक समस्याका रुपमा विकास हुँदै गएकाले यसको निराकरणका लागि सरकारले पहल गर्ने उनको भनाइ थियो । मन्त्री त्रिपाठीले आमाबुबालाई हेला गर्ने प्रवृत्ति बढिरहेको बेला संस्थाले राम्रो प्रयास गरेको भन्दै आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
संस्थाले २०७२ सालदेखि नै ज्येष्ठ नागरिक दिवा सेवा कार्यक्रम सञ्चालन गर्दै आएको संस्थाका अध्यक्ष गोपाल आचार्यले बताएका छन् । दैनिक ८० देखि १३० जनासम्म ज्येष्ठ नागरिक सो संस्थामा आएर एकापसमा भलाकुसारी गर्ने, दुःख–पीडा आदानप्रदान गर्ने, मनोरञ्जन गर्दै दिन बिताउने गरेका छन् । घरपरिवारको हेरचाह पाउन नसकेका ज्येष्ठ नागरिकलाई यसरी दैनिकरुपमा सेवा गर्दै खाजा खुवाउने गरिएको अध्यक्ष आचार्यले बताएका छन् । अक्षयकोष स्थापनापछि त्यसबाट आउने ब्याजले ज्येष्ठ नागरिकको खाजा खर्च र कर्मचारीको तलब भुक्तान गरी यस कार्यक्रमलाई निरन्तरता दिन सकिने विश्वास गरिएको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनीमा ११ सदस्यीय मन्त्रिपरिषद, सात जनाले आज लिए शपथ
बैशाख ६, २०८१ बिहिबार
लुम्बिनीमा मन्त्री बनेकाहरुको शपथ साँझ ५ बजे
बैशाख ६, २०८१ बिहिबार
महिलाका लागि आम्दानीको स्रोत हस्तकला
बैशाख ५, २०८१ बुधबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
अब आन्तरिक कलह हट्नुपर्छ : नेतान्याहु
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
आगो निभाउन गएको दमकल दुर्घटना, ६ जना घाइते
बैशाख ८, २०८१ शनिबार
वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व संकलन
बैशाख ८, २०८१ शनिबार
भन्सार छलेर ल्याएका ५० लाखका कपडा र काजु बरामद
बैशाख ८, २०८१ शनिबार