कान्छी बजारमा नबिल बैंकको क्यूआर भुक्तानी सुरु
नेपालबहस संवाददाता
फागुन १०, २०७७ सोमबार २३:५४:५३
१० फागुन, रुपन्देही । नबिल बैंकले भैरहवाकाे कान्छी बजार तरकारी/फलफूल बजारमा क्यूआर भुक्तानी सेवाको शुभारम्भ गरेको छ ।
सोमबार दिउँसो नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यलय भैरहवाका निर्देशक सुदिप फयाँलले फलफूल खरिद गरी क्यूआर कोडमार्फत भुक्तानी गर्दै नबिल बैंकको क्यूआर भुक्तानी सेवा सुरु गरेका हुन् । अब यस बजारमा जाने उपभोक्ताले आफ्नो मोबाइल बैंकिङ एप्लिकेसन वा मोबाइल वालेटमार्फत सजिलै खरिद गरेको तरकारी/फलफूलको रकम भुक्तान गर्न सक्नेछन् ।
क्यूआर कोड भुक्तानी सेवा उद्घाटनमा नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय भैरहवाका निर्देशक सुदिप फुयाँल, नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय भैरहवाका सहायक निर्देशक रमेश न्यौपाने, नबिल बैंकका लुम्बिनी प्रदेशका प्रमुख यज्ञप्रसाद शर्मा, नबिल बैंक भैरहवा शाखाका प्रबन्धक लिलाप्रसाद ओझा, नबिल बैंकका लुम्बिनी प्रदेशका प्रदेश प्रबन्धक मधुजंग कार्की र उक्त बजार व्यबस्थापन समितिका अध्यक्ष दिपक सहानीको उपस्थिति थियो ।
उद्घाटनमा नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यलय भैरहवाका निर्देशकले विभिन्न तरकारी/फलफूल पसलको अवलोकन र निरीक्षण गरेपछि केही पसलमा सामान खरिद गरी आफ्नो मोबाइल बैंकिङको क्यूआर कोडमार्फत भुक्तानी सेवा सुरुवात गरेका थिए । नगद तथा डेबिट र क्रेडिट कार्डको विकल्पमा क्यूआर कोड भुक्तानी छिटो र झन्झटमुक्त छ । छिटो र कारोबारको कुनै शुल्क नलाग्ने भएकाले पछिल्लो पटक उपभोक्ताहरु यो नविन सेवातर्फ आकर्षित भइरहेका छन् ।
डिजिटल कारोबारलाई प्रश्रय दिन र क्यासलेस कारोबारलाई बढावा दिनका लागि नबिल बैंकले सन् २०२० को मार्चदेखि क्यूआर कोड भुक्तानी सेवा सुरु गरेको थियो । साथै नबिल बैंक भैरहवा शाखाको पहलमा वर्ल्ड लिंक नेपालले भुक्तानी सेवालाई सहजिकरण गर्न उक्त बजार क्षेत्रमा निःशुल्क वाईफाई समेत जडान गरिदिएको छ।
अहिले बैंकको साथमा देशभर २,००० भन्दा बढी क्यूआर सेवा दिने व्यावसायिक प्रतिष्ठानहरु रहेका छन्, जुन हरेक दिन बढिरहेका पनि छन् ।
नबिल बैंक नेपालको निजी क्षेत्रको अग्रणी बैंक हो । नयाँ प्रविधि अपनाउने र नवीन प्राेडक्टका साथै सेवाहरु सुरु गर्ने काममा नबिल सधैं नै अगाडि रहेको जानाइएकाे छ ।
नबिल बैंकले कोभिड महामारीकै बीचमा नबिलले डिजी बैंक स्थापना गरेर उपभोक्ताको हरेक कामहरुलाई डिजिटलमार्फत सेवा पुराइरहेको छ । बैंकले ग्राहकहरुको आवश्यकताहरु पूरा गर्न डिजिटल मार्गहरुको अन्वेषण गर्दैछ । बैंकले मुलुकको पहिलो डिजिटल बैंक बन्ने लक्ष्य राखेको छ । नबिल डिजी बैंकले लक्ष्य हासिल गर्न ग्राहक टचपोइन्टहरु र आन्तरिक प्रक्रियाहरु क्रमिक रूपमा अगाडि बढाएको संस्थागत संचार बिभाग प्रमुख कृष्ण सुवेदीले नेपालबहस डटकमलाई जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार