
१० फागुन, काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी ओलीलाई अवहेलना मुद्दामा वारेस राख्न अनुमति दिएको छ ।
सोमबार प्रधानमन्त्री ओलीले दिएको निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश पुरुषोत्तम भण्डारी र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले ओलीविरुद्ध परेका दुईवटै अवहेलना मुद्दामा वारेस राख्न अनुमति दिएको हो ।
प्रधानमन्त्री ओलीविरुद्ध वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले छुट्टाछुट्टै अवहेलना मुद्दा दर्ता गराएका थिए ।उक्त अवहेलना मुद्दामा ओलीले फागुन ६ गते सर्वोच्चमा आफैँ उपस्थित भएर लिखित जवाफ पेश गरेका थिए । त्यसमा उनले अदालतको अवहेलना नगरेको जिकिर गरेका छन् ।
प्रतिक्रिया