
१० फागुन, काठमाडौं । लगातार पाँच दिनदेखि बढेको शेयरबजारमा आज १.२४ प्रतिशतको गिरावट देखिएको छ । आठ अर्व ४० करोडको कारोबार हुँदा नेप्से परिसुचक २६०७ बिन्दुमा आएर बन्द भएको छ । झण्डै ३३ अंकले घटेको आजको बजारमा जलविद्युत र अन्य समुह बाहेक सबै क्षेत्रका लगानीकर्ताले नाफा बुक गर्दा बजारमा सामान्य करेक्सन देखिएको छ ।
आज सेन्सेटिभ इण्डेक्स ९.२२ अंक घटेर ४७०.३६ विन्दुमा झरेको छ। गत साता लगानीकर्ताहरुले बैंक तथा वित्तीय संस्थातर्फ मनग्य लगानी गरेका थिए । जसले गर्दा बैंकिङ्ग इण्डेक्स बढ्न गइ समग्र नेप्से बढ्न टेवा पुगेको थियो।
८ कम्पनीको शेयर मुल्य ९ प्रतिशत भन्दा धेरै
आज कारोबार भएका ८ कम्पनीको शेयर मुल्य ९ प्रतिशत भन्द धेरैले बृद्धि भएको छ । आज नेपाल इन्फ्रास्ट्रक्चर बैंक, आँखुखोला, नेपाल हाइड्रो, अपर तामाकोशी, चन्द्रागीरी हिल्स लगायतका कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। हेर्नुहोस् आज कमाउने १० कम्पनीहरु :
चार कम्पनीको शेयर मुल्य ५ प्रतिशत भन्दा धेरै ले घट्यो
आज कारोबार भएकामध्ये सेन्चुरी कमर्सियल बैंकको मुल्य ५.५२ प्रतिशतले घटेको छ । त्यस्तै सिभिल बैंकको ५.३२, मेगा बैंकको ५.२० प्रतिशतले घटेको छ ।
आज कारोबारको आधारमा एनआईसी एशिया बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको ३८ करोड २४ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, नेपाल इन्फ्रास्ट्रक्चरको ३२ करोड १२ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ । त्यसैगरी निर्धन उत्थान लघुवित्त, शिखर इन्स्योरेन्सको शेयर पनि उल्लेख्य मात्रामा कारोबार भएको छ ।
गएका पाँच दिनदेखि निरन्तर उकालो लागेको बजार आज भने घट्न पुगेको छ । पछिल्लो पाँच दिनको कारोबारलाई आधार मान्ने हो भने नेप्से झण्डै १४७ अंकले बढेको थियो । आज बजारमा तरलता अभाको समाचार आएर पनि कारोबारमा गिरावट आउन बल पुगेको एक ब्रोकरले नेपालबहसलाई बताए । उनले भने पछिल्लो समय राष्ट्र बैंकले नै आगामी चैत मसान्तसम्म शेयर कर्जामा हेरफेर नगर्ने जानकारी दिइसकेको छ । सोही कारण ठुला लगानीकर्ताले सस्सतो व्यजमा अधिक लगानी गर्दा तरलता अभाव भएको हल्ला बाहिरीएता पनि त्यस्तो कर्जा लामो समयको लागि नभएका कारण बजारमा आएजस्तो हल्ला अनुसार तरलता अभाव नहुने ठोकुवा गरे ।
प्रतिक्रिया