बिहिबार , फागुण १३, २०७७

जङ्गलमा लागेको आगो तीन दिनपछि नियन्त्रणमा

जङ्गलमा लागेको आगो तीन दिनपछि नियन्त्रणमा

१० फागुन, लमजुङ । यहाँको एक जङ्गलमा आगलागी भएको तीन दिनमा बल्ल नियन्त्रणमा आएको छ । गत शनिबार दिउँसोबाट आगलागी भएको लमजुङको बेँसीशहर नगरपालिका–६ रहेको शान्ति, सुलीकोट र भोटेचौर सामुदायिक वनको जङ्गलको लागेको आगो आज बल्ल नियन्त्रण आएको हो ।

शनिबारबाट शुरु भएको आगलागीले यस नगरको वडा नं ६ यस जङ्गलमा ठूलो आगलागी भएको थियो । जङ्गलमा अचानक लागेको आगलागीको तेस्रो दिन आज नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीको पहलमा आगो नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए । उनका अनुसार ३० हेक्टर क्षेत्रफलमा आगलागी भएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

नगरपालिकाको दमकल, सुरक्षा निकायले अग्नि नियन्त्रण सामग्रीको माध्यमबाट आगो नियन्त्रणमा लिन सफल भएको प्रजिअ शर्माको भनाइ छ ।आगलागीबाट जङ्गली जनावर, चराचुरुङ्गी तथा जमीनमा घिस्रिएर हिँड्ने प्राणीको बासस्थान सखाप भएको छ । जङ्गलमा कस्ले लगाएको आगो भनेर पत्ता लागिसकेको छैन । यस जङ्गलमा गत वर्ष पनि आगलागी भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय