आइतबार , फागुण १६, २०७७

चकलेटी नायक पलले मनाए ३० औँ जन्मदिन

चकलेटी नायक पलले मनाए ३० औँ जन्मदिन

१० फागुन, काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा सबैका प्रिय नायक पल शाहले आज आफ्नो ३० औं जन्मदिन मनाएका छन् । सन् १९९० फेब्रुअरी २२ तारिखमा दाङमा जन्मिएका पलले ३० औं जन्मदिन चितवनमा पुगेर मनाएका हुन् ।

जन्मदिनको अवसरमा पलले चितवनमा आजबाट नै संचालनमा आएको एक आश्रमको रिबन काटेर उद्घाटन गरेका छन् । ३ महिना अगाडि सुरु निमाण सुरु भएको आश्रमको अहिले ८० प्रतिशत निर्माण कार्य सकिएको छ । पलले यो आश्रममा निर्माण भएका २ टहरा आफैले बनाएका हुन् । पलका अनुसार, एक महिना अगाडिबाट नै जन्मदिनमा आश्रमको उद्घाटन गर्ने योजना बनेको हो । बृद्धबृद्धा र बालबालिकासँग जन्मदिन मनाउन पाउँदा पल अत्यन्त खुशी भएका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

पलले लकडाउनको समयमा समस्यामा परेका चलचित्र प्राविधिकहरुका लागि ५ लाख रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरेका थिए । यस्तै, उनी बाढीप्रभावितहरुको सहयोगका लागि कालिकोट, धादिङ पनि पुगेका थिए ।

नेपाली चलचित्र क्षेत्रमा ‘नाई नभन्नु ल ४’बाट प्रवेश गरेका पल अहिलेका सर्वाधिक माग भएका नायक हुन् । उनी म्यूजिक भिडियोमा सर्वाधिक व्यस्त पनि छन् । लकडाउनयता मात्र उनले २ सय भन्दा बढी भिडियोमा अभिनय गरिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय