बिहिबार , फागुण २०, २०७७

अपि पावरले ५६ करोडको हकप्रद शेयर निष्काशन गर्न माग्यो अनुमति

अपि पावरले ५६ करोडको हकप्रद शेयर निष्काशन गर्न माग्यो अनुमति

११ फागुुन, काठमाडौं । अपि पावर कम्पनीले हकप्रद निष्काशन गर्न अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

कम्पनीले फागुन ९ गते आइतवार चुक्ता पूँजीको २९.३८ प्रतिशत बराबरको हकप्रद शेयर जारी गर्न अनुमति माग्दै बोर्डमा आवेदन दिएको हो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ९२ करोड ९८ लाख रुपैयाँको २९.३८ प्रतिशतले हुन आउने ५६ करोड ७० लाख बराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्काशन गर्न अनुमति मागेको हो ।

हकप्रद शेयर निष्काशनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ४९ करोड ६८ लाख रुपैयाँ पुग्नेछ ।

कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय