आइतबार , फागुण १६, २०७७

रानीमहलमा होटल बनाउने प्रस्तावको चर्को बहस र चर्चा

रानीमहलमा होटल बनाउने प्रस्तावको चर्को बहस र चर्चा

११ फागुन, काठमाडौं । नेपालको ताजमहल भनेर चिनिने अमर प्रेमको निसानी पाल्पा कालीगण्डकी किनारामा अवस्थित रानीमहलको विषयलाई लिएर पछिल्लो समय चर्को बहस र चर्चा हुन थालेको छ । हालैका दिनमा पर्यटकीय गतिविधि सो क्षेत्रमा बढेको र पाल्पा मात्र नभई समग्र राष्ट्रकै पहिचानसँग जोडिएको ऐतिहासिक र पुरातात्विक सम्पदाको प्रयोगका सम्बन्धमा नेपाल पर्यटन बोर्डले हेरिटेज होटल बनाउन सरकारलार्ई प्रस्ताव गरेपछि स्थानीय सरोकारवालाले बहस अघि बढाउनुका साथै यसको विरोधसमेत गरेका हुन् ।

नेपाल पर्यटन बोर्डले रानीमहलको उपयोग, संरक्षण र पर्यटन विस्तारका लागि हेरिटेज होटल, म्युजियम, कालीगण्डकीमा ¥याफ्टिङ, गण्डकीको किनारमा टेन्ट क्याम्प बनाउन सकिने गरी यसलाई व्यावसायिक ढंगले समेत उपयोग गर्ने गरी सरकारसमक्ष प्रस्ताव गरेको बताइएको छ । पर्यटन बोर्डको यो प्रस्तावसँगै पाल्पाली समुदायले यसको विरोध जनाएका हुन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

उनीहरुको भनाइमा ऐतिहासिक तथा पुरातात्विक सम्पदामाथि हस्तक्षेप हुन लागेकाले यसको विरोध गर्नु पर्दछ किनकि यो ऐतिहासिक धरोहर हो ।तत्कालीन पाल्पा गौंडाका तैनाथवाला खड्ग शमशेरले पत्नी तेजकुमारीको मृत्युपछि विसं १९५४ मा रानीमहल निर्माण गराएका हुन् ।

पहिले यो पुरातत्व विभागको अधीनमा रहेकोमा विभागले २०७५ साउनमा रानीमहल व्यवस्थापन र संरक्षणका लागि तानसेन नगरपालिकालाई हस्तान्तरण गरेको थियो । नेपाल समाचारपत्रबाट

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

बालबालिकाको गुनासोलाई प्राथमीकता दिदै विद्यालयमा गुनासो पेटिका बालबालिकाको गुनासोलाई प्राथमीकता दिदै विद्यालयमा गुनासो पेटिका ४३ मिनेट पहिले
नयाँ नेवार सुन्दरीमा डल्लुकी कृषा महर्जन नयाँ नेवार सुन्दरीमा डल्लुकी कृषा महर्जन ३ घण्टा पहिले
आज प्रेस युनियनको बागमती भेला नुवाकोटमा, कांग्रेस उपसभापति निधिले उदघाटन गर्ने आज प्रेस युनियनको बागमती भेला नुवाकोटमा, कांग्रेस उपसभापति निधिले उदघाटन गर्ने ४ घण्टा पहिले
भारतीय स्वास्थ्य मन्त्री डा.हर्षबर्धनसँग सासद यादवको भेटवार्ता भारतीय स्वास्थ्य मन्त्री डा.हर्षबर्धनसँग सासद यादवको भेटवार्ता ४ घण्टा पहिले
लोकप्रिय हास्य टेलिशृंखला हर्के हल्दार अब देखि आइतबार राति ९ बजे प्रसारण हुने लोकप्रिय हास्य टेलिशृंखला हर्के हल्दार अब देखि आइतबार राति ९ बजे प्रसारण हुने ४ घण्टा पहिले
एक दशकपछि घमेश दुलालको लोकदोहोरी क्षेत्रमा पुनरागमन एक दशकपछि घमेश दुलालको लोकदोहोरी क्षेत्रमा पुनरागमन २ घण्टा पहिले
अभिभावकको माया, स्नेहमा बस्न कसलाई पो मन हुँदैन र ? अभिभावकको माया, स्नेहमा बस्न कसलाई पो मन हुँदैन र ? ५ घण्टा पहिले
तपाईको आजको राशीफल कस्ताे छ ? तपाईको आजको राशीफल कस्ताे छ ? ८ घण्टा पहिले