
११ फागुन, काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालभरको मौसममा पश्चिमी वायूको आंशिक प्रभाव देखिएको जनाएको छ । महाशाखाका अनुसार हाल देशका केही पहाडी भू–भागको मौसममा आंशिक बदली रहेको छ । देशका अन्य भू–भागहरूको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
आज काठमाडौंको न्युनतम तापक्रम ८ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम २३ डिग्री सेल्सियस पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत अन्य पहाडी तथा हिमाली भू–भागहरुको मौसममा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको छ ।
देशका बाँकी प्रदेशहरूको मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको संभावना रहेको छ। प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक, दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
त्यसैगरी राती देशका पहाडी तथा हिमाली भू–भागहरुको मौसममा आंशिकदेखि सामान्य बदली हुने सम्भावना देखिएको छ ।
देशका बाँकी प्रदेशहरूको मौसम सामान्यतया सफा रहनेछ ।
प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक, दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
प्रतिक्रिया