
११ फागुुन, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) विश्वकै चर्चित लिगहरुमध्ये एक हो। जस प्रतियोगितामा विश्वका चर्चित खेलाडीहरु सहभागिता जनाउँछन्। र, उनीहरुलाई फ्रेन्चाइजीहरुले महँगो मूल्यमा खरिद गर्छन्।
१४औँ सिजनको आईपीएलका लागि खेलाडी अक्सन सकिएको छ। यसपटक पनि खेलाडीहरु करोडौँमा बिक्री भएका छन्। राजस्थानले दक्षिण अफ्रिकाका अलराउन्डर क्रिस मोरिसले १६ करोड २५ लाख कीर्तिमानी मूल्यमा किनेको छ।
यसैबीच, आज हामी १३औँ सिजनसम्म तलबबाट कुल १०० करोड भन्दा बढी कमाउने पाँच खेलाडीहरुको बारेमा चर्चा गर्दैछौँः
एबी डिभिलियर्स
क्रिकेट सम्बन्धि सम्पूर्ण जानकारीको लागि पेज लाइक गर्नुहोला १
यस सूचीमा पाँचौं नम्बरमा दक्षिण अफ्रीकाका पूर्व कप्तान एबी डिभिलियर्स छन्। उनले रोयल च्यालेन्जर्स बैंग्लोरबाट आईपीएल खेल्छन्।
यसभन्दा पहिले उनी तल्कालीन दिल्ली डेयरडेभिल्सका लागि खेल्थे। हालसम्म उनले कूल १०२ करोड पाँच लाख कमाएका छन्।
सुरेश रैना
पूर्व भारतीय ब्याट्सम्यान सुरेश रैना यस सूचीमा चौथो स्थानमा छन्। चेन्नईका लागि खेल्ने रैना व्यक्तिगत कारणले गत सिजनको आईपीएल खेलेनन्।
चेन्नई टिमलाई निलम्बित गरिएको बेला उनले गुजरात लायन्सका लागि पनि खेलेका थिए। उनले हालम्म ११० करोड ७ लाख कमाइ गरेका छन्।
विराट कोहली
सर्वाधिक कमाउने खेलाडीहरुको सूचीमा बैंग्लोरका टिमका कप्तान विराट कोहली तेस्रो स्थानमा छन्। कोहलीले १३ सिजनसम्म १४३ करोड दुई लाख कमाएका छन्।
तर, विराट नेतृत्वको आरसीबीले भने अहिलेसम्म उपाधि जित्न सकेको छैन। कप्तानका रुपमा विराट आईपीएलमा सफल हुन सकेका छैनन्।
रोहित शर्मा
दोस्रो स्थानमा मुम्बई इन्डियन्सका कप्तान रोहित शर्माको नाम आउँछ। रोहित डेक्कन चार्जर्स टिमको लागि पनि खेलेका छन्। अब यो टोली प्रतियोगितामा भाग लिँदैन।
आईपीएलका सफल कप्तान रोहितले हालसम्म १४६ करोड ६ लाख कमाइ गरेका छन्। उनले मुम्बईलाई पाँचौं पटक आईपीएलको उपाधि दिलाइसकेका छन्। गत सिजन पनि फाइनलमा दिल्लीलाई हराउँदै मुम्बईले उपाधि उचालेको थियो।
महेन्द्रसिंह धोनी
पूर्व भारतीय कप्तान महेन्द्रसिंह धोनी आईपीएलमा सबैभन्दा बढी कमाउने खेलाडीको पहिलो स्थानमा छन्।
धोनी पनि आईपीएलका सफल कप्तानमा गनिन्छन्।
उनले चेन्नईलाई तीन पटक उपाधि जिताएका छन्। उपाधि दिलाउनमा धोनीको भूमिका पनि महत्वपूर्ण रहेको छ। धोनीले हालसम्म कुल १५२ करोड ८ लाख कमाएका छन्।
प्रतिक्रिया