बिहिबार , फागुण २०, २०७७

सिरहामा बस दुर्घटना हुँदा १३ जना घाइते

सिरहामा बस दुर्घटना हुँदा १३ जना घाइते

११ फागुन, लहान । सिरहामा बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । जिल्लाको कर्जन्हा नगरपालिका-४ बस्तिपुरमा बस दुर्घटना हुँदा दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

फुलकुमारी महतो मेमोरियल अस्पताल कर्जन्हामा घाइतेहरुको उपचार भइरहेको छ । बिग्रीएर सडकमा रोकीराखेको ना ६ ख ११ १० नम्बरको ट्रकमा लहानबाट ढल्केबरतर्फ आउँदै गरेको ना ५ ख ८९८ नम्बरको बस गएराति पौने १२ बजे ठोक्किएको थियो । ट्रक चालक फरार रहेकाले खोजी भइरहेको सिरहा प्रहरीले जनाएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

यसैगरी सिरहाको गोलबजार नगरपालिका ४ पुरानो बसपार्कमा गएराति मोटरसाइकल र कार आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन् । प्रदेश २ ०१ ००१ प ६६५ र प्रदेश ३ ०१ ०२४ च २३१३ नम्बरको कार आपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा मोटरसाइकलमा सवार दुई जना घाइते भएको र दुवैलाई उपचार गर्न भुमिजा अस्पताल पठाइएको सिरहा प्रहरीले जनाएको छ । दुवै सवारी साधन र कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय