बिहिबार , फागुण २०, २०७७

ढाडमा टेकेर टाउकोमा हान्ने प्रचण्ड पक्षको प्रवृत्ति : पोखरेल

ढाडमा टेकेर टाउकोमा हान्ने प्रचण्ड पक्षको प्रवृत्ति : पोखरेल

११ फागुन, चितवन । उपप्रधानमन्त्री ईश्वर पोखरेलले संसद विघटनको सम्बन्धमा सर्वोच्च अदालतको फैसला नमान्ने कुरा अलोकतान्त्रिक हुने बताएका छन् ।  ओली समूह निकट प्रेस संगठन चितवनले आज आयोजना गरेको पत्रकार भेटघाटमा पोखरेलले  सरकारविरोधी दलहरुले निर्वाचनमा जाने कुरालाई अलोकतान्त्रिक र प्रतिगमनको संज्ञा दिएको चर्चा गर्दै उनले जनतामा जाने कुरा कहिले पनि अलोकतान्त्रिक नहुने बताए ।

ताजा जनादेशमा जानुमै सबैको हित हुने उनको भनाइ छ ।  उनले नेकपाको पहिलो अध्यक्ष केपी शर्मा ओली भएकाले निर्वाचन आयोगले सूर्य चुनाव चिह्न आफूहरुलाई नै दिने विश्वास व्यक्त गरे ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

ढाडमा टेकेर टाउकोमा हान्ने प्रचण्ड पक्षको प्रवृत्ति र व्यक्तिगत कुण्ठाका कारण पार्टी फुटेको बताउँदै पोखरेलले यसलाई समयमा उपचार गर्न नसक्दा कार्यकर्ता दुःखी भएकोसमेत बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय