शुक्रबार , फागुण १४, २०७७

नासाले यान अवतरण गरेको अफिसियल भिडियो सार्वजनिक

नासाले यान अवतरण गरेको अफिसियल भिडियो सार्वजनिक

११ फागुन, काठमाडौं । नासाले मंगल ग्रहमा पठाएको विशेष यान ‘पर्सिभिअरेन्स’ अवतरण गरेको भिडियो सार्वजनिक गरेको छ । मंगलबार अमेरिकी अन्तरिक्ष सम्बन्धी निकाय नासाले पर्सिभिअरेन्स यान अवतरण गर्दै गरेको भिडियो सार्वजनिक गरेको हो ।

गएको शुक्रबार नासाले पठाएको यान मंगल ग्रहमा अवतरण गरेको थियो । सात महिनासम्म ४७ करोड बढी किलोमीटरको यात्रा गरेर पर्सिभिअरेन्स यान मंगल ग्रहमा पुगेको थियो । यान मंगल ग्रहमा अतवरण गर्नेवित्तिकै नासाले मंगल ग्रहका तस्बिर सार्वजनिक गरेको थियो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

त्यसको झण्डै एक हप्तापछि नासाले यान अवतरण गरेको अफिसियल भिडियो सार्वजनिक गरेको हो । भिडियोमा यानले मंगल ग्रहमा अवतरण गर्दाको दृश्य देखिन्छ ।

nasa 4

जहाँ सुरुमा बेलुनमा झुण्डिएको यान, त्यसका चक्काले विस्तारै धुलोमाटो उडाएर भुई छोएको दृश्य देखिन्छ । यो यानको सबै दृश्य कैद गर्नका लागि नासाले सात वटा क्यामेरा जडान गरेको छ । ती क्यामेराकै सहयोगमा नासाले मंगल ग्रहको पछिल्लो अवस्थाबारे अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय