बिहिबार , फागुण २०, २०७७

स्थानिय बजारमा सुनको मूल्य उकालो

स्थानिय बजारमा सुनको मूल्य उकालो

११ फागुन, काठमाडौं । स्थानिय बजारमा सुनको मूल्य उकालो लागेको छ । सोमबार स्थिर रहेको सुनको मूल्य आज तोलामा एक हजार १ सयले उकालो लागेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार रु ८९ हजारमा कारोवार भएको छापावाला सुन आज भने तोलामा रु ९० हजार १०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

यस्तै तेजाबी सुन सोमबार तोलामा रु ८८ हजार ५५० मा कारोवार भएकामा आजका लागि भने रु ८९ हजार ६५० मा कारोवार भएको छ । तेजाबी सुनसमेत तोलामा रु एक हजार १०० ले उकालो लागेको हो ।

चाँदीको मूल्यमा समेत आज रु २५ ले वृद्धि भएको छ । तोलामा रु एक हजार ३३५ मा सोमबार कारोवार भएको चाँदी आज भने रु एक हजार ३६० मूल्य कायम भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय