आइतबार , फागुण २३, २०७७

विद्यालयमा पढ्ने चिन्ताभन्दा घरको कामको चिन्ता बढी

विद्यालयमा पढ्ने चिन्ताभन्दा घरको कामको चिन्ता बढी

११ फागुन,जाजरकोट । आइतबार अपराह्न ३ः०० बजे छेडागाड नगरपालिका–१ का आठ वर्षीयादेखि १५ वर्षीया छात्रा जङ्गलमा हँसिया र नाम्लोसँगै भेटिए । सडककै छेउमा रहेको जङ्गलमा भेटिएका सबै छात्राले कक्षा ३ देखि ९ सम्म कालिका माध्यमिक विद्यालय सोडारीमा पढ्ने विद्यार्थी रहेको बताए । बिहान विद्यालय गएर हत्तपत्त पढाइ सकी उनीहरु घर आएर सिधै जङ्गलमा घाँस–दाउराका लागि आएको कक्षा ६ मा पढ्ने कालिका रानाले बताइन् ।

“घरमा आमा छन्, दाइ र बाबा भारत गएका छन्, आमालाई काममा सघाउनका लागि जङ्गल आएकी हुँ”, उनले भनीन् । उनीसंगै कक्षा ९ मा पढ्ने छात्रा रविना बुढाले घरमा नास्तासमेत नखाई सिधै जङ्गलमा आएको बताइन् । उनले भनीन्, “विद्यालयमा पढ्ने चिन्ताभन्दा घरको कामको चिन्ता बढी हुँदा पढाइ बिग्रिएको छ । विद्यालयमा पढाएको कुरा घरमा आएर हेर्नसमेत पाउँदिन, कामको चापले गर्दा हैरान छु ।”

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

कोरोनाका कारण बल्लतल्ल सञ्चालन भएका विद्यालयका विद्यार्थी घरायसी कामले घरमा पढ्न नपाउँदा पीडा भएको सुनाउँछन् तर त्यसको विकल्प उनीहरुसँग नहुँदा पढ्न नपाएको घाउ जति दुखे पनि सहन बाध्य छन् । “विद्यालयमा थोरै पढाइ भएको छ, घरमा पढ्ने वातावरण छैन”, अर्की छात्रा मेलिना थापाले भनीन्, “न घरको काम राम्रोसँग हुन्छ न विद्यालयको पढाइ नै, विद्यालयबाट ल्याएको गृहकार्यसमेत गर्न नपाउँदा परीक्षामा अङ्क राम्रो आउँदैन ।” घरायसी काममा समय बढी बिताउनुपर्ने बाध्यताका कारण आफूहरुको पढाइ राम्रो हुन नसकेको उनीहरुको भनाइ छ । अभिभावकले समेत छोरीलाई पढाइभन्दा काममा बढी लगाउने गरेको उनीहरुको आरोप छ । घरमा खाना पकाउनेदेखि घाँस–दाउरासम्मको काममा छोरीलाई नै लगाउँदा पढाइ प्रभावित भएको हो ।

छोरासरह छोरीलाई पनि पढाउनुपर्छ भन्ने चेतना विकास नहुँदा छोरी काममा व्यस्त हुनुपर्ने स्थानीयवासी लालुमाया थापा बताउछिन् । छेडागाड नगरपालिका–१ को मात्रै समस्या नभएर जिल्लाभरिकै समस्या यही रहेको महिला अधिकारकर्मी बताउँछन् । छोराछोरीलाई समान व्यवहारको आवश्यकता परेको अधिकारकर्मी धर्मशीला बस्नेतले बताइन् । उनले भनीन्, “मुखले बोलेर मात्र हुँदैन, व्यवहारमा समेत समान हुनुपर्छ । छोरीलाई बाध्यताले विद्यालय पठाउने गरिएको छ, अझै पनि घाँस–दाउरामा लगाइन्छ । विद्यालयबाट छोरा आएपछि मिठो खानासँगै घरमा मजाले बस्ने गर्छन्, छोरी घरको काममा लाग्नुपर्ने अवस्था छ ।”

सदरमुकामलगायत केही बजार क्षेत्रबाहेक अन्य गाउँका अधिकांश छात्राको घरायसी कामको बोझले गर्दा पढाइ राम्रो नभएको महिला अधिकारकर्मी बताउँछन् । कसकी छोरीले कति ठूलो घाँस–दाउरा ल्याइन् भन्नेमा होडबाजी हुँदा पढाइ बिग्रिएको उनीहरुको भनाइ छ । कसकी छोरीको पढाइ कति राम्रो भन्ने प्रतिस्पर्धा गर्नुपर्नेमा उल्टो दिशातिर समाज गइरहेको अर्की अधिकारकर्मी पार्वती विकले बताइन् । सामान्य कृषकको घरमा मात्र नभई जनप्रतिनिधि र पढेलेखेकाको घरमा समेत छोरीलाई विभेद भएको विकको भनाइ छ ।

“छोरा र छोरीको विभेदले गर्भमै छोरीले मृत्यु वरण गर्नुपर्ने पीडा त छँदैछ, खुला संसारमा आइपुग्दासमेत यस्तो विभेदमा छोरीले परिवर्तनको अनुभूति गर्न सकेका छैनन्”, विकले भनीन् । स्थानीय तहमाथि पनि छात्राहरुको सुरक्षादेखि कुनै खालका सहयोगका कार्यक्रम सञ्चालन नगरेको आरोप लाग्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नयाँ सोचका कारण प्रधानमन्त्री सबैभन्दा अब्बल नेता : मुख्य सल्लाहकार रिमाल नयाँ सोचका कारण प्रधानमन्त्री सबैभन्दा अब्बल नेता : मुख्य सल्लाहकार रिमाल ४ हप्ता पहिले
यातायात व्यवस्था कार्यालयले गर्याे प्रयोगात्मक परीक्षा उत्तीर्ण गरेको डेढ वर्षभित्र राजस्व तिर्नुपर्ने व्यवस्था यातायात व्यवस्था कार्यालयले गर्याे प्रयोगात्मक परीक्षा उत्तीर्ण गरेको डेढ वर्षभित्र राजस्व तिर्नुपर्ने व्यवस्था ४ हप्ता पहिले
प्रवासी नेपाली एकता मञ्च बेलायतको पुनर्गठन प्रवासी नेपाली एकता मञ्च बेलायतको पुनर्गठन ४ हप्ता पहिले
इटालीमा कोरोनाबाट ९० हजार भन्दा बढीको मृत्यु इटालीमा कोरोनाबाट ९० हजार भन्दा बढीको मृत्यु ४ हप्ता पहिले
एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृतमा के.सी नियुक्त एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृतमा के.सी नियुक्त २ हप्ता पहिले
तातोपानी नाकाबाट दैनिक २० कन्टेनर सामान आउने, व्यवसायी थाले सामान भित्राउन तातोपानी नाकाबाट दैनिक २० कन्टेनर सामान आउने, व्यवसायी थाले सामान भित्राउन ४ हप्ता पहिले
आज बिहानैदेखि पश्चिमका केही ठाउँमा सामान्य वर्षा आज बिहानैदेखि पश्चिमका केही ठाउँमा सामान्य वर्षा ४ हप्ता पहिले
चर्चित नेपाली कलाकार शंकर बिसी टेक्सस पुगेर हिउँसंग रमाउँदै [ फोटो फिचर ] चर्चित नेपाली कलाकार शंकर बिसी टेक्सस पुगेर हिउँसंग रमाउँदै [ फोटो फिचर ] २ हप्ता पहिले